

नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।
नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी ६४ जना सांसदको समर्थनसहित दाबी पेश गर्नुभएका लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको ।
एक सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्छ ।
लामा नुवाकोटको प्रदेश सभाबाट निर्वाचित हुनुहुन्छ ।
यस्तै मन्त्रालयको समेत भागबन्डा टुङ्गिएको छ । कांग्रेसले मुख्यमन्त्रीसहित सात र एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित ६ वटा मन्त्रालय लिने सहमति भएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |