धादिङ,०१ कात्तिक।
धादिङमा आजदेखी जिल्ला स्तरीय अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिता सुरु हुदैछ ।
धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिताको उद्घाटनको पहिलो खेलमा गजुरी र खनियाबासबिच प्रतिस्पर्धा हुनेछ । जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको विशालटार स्थित चन्द्रोदय मा.विको खेल मैदानमा बिहान ९ बजे उद्घाटन समारोह हुने र खेल भने बिहान ११ बजे सुरु हुने संघका अध्यक्ष दिपेश कँडेलले बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्ने आयोजकले जनाएको छ । यस्तै आजको दोस्रो खेल धुनीबेसी र त्रिपुरासुन्दरी बिच खेल हुने कँडेलले बताउनुभयो ।
प्रतियोगितामा जिल्लाभरका आठ ओटा पालिकाका सहभागी भएका छन् । प्रतियोगिताको खेल तालिका अनुसार चार÷चार टिमको दुई समुह बिभाजन गरिएको छ । जसअनुसार समुह ए मा खनियाबास, त्रिपुरासुन्दरी, धुनीबेसी र गजुरी रहेको छ भने समुह बी मा सिद्धलेक, बेनीघाट रोराङ, गल्छी र नीलकण्ठ नगरपालिका रहेको छ ।
धादिङमा जिल्ला स्तरय क्रिकेट प्रतियोगिता आयोजना गरिएको यो तेश्रो पटक हो ।पछिल्लो समय जिल्लामा गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगीता हुन थालेका छन् भने विद्यालयमा हुने बार्षिक खेलकुदमा पनि क्रिकेट खेललाइ समावेश गरिन थालिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |