धादिङ,०१ कात्तिक।
धादिङमा अन्तर पालिकास्तरीय टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताको मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ब्याटिङ र बेनिघाट रोराङ गाउँँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बलिङ गर्दै खेलको उद्घाटन गरे ।
बेनिघाट रोराङ गाउँँपालिकाको विशालटारस्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा जिल्लाभित्रका बिभिन्न आठ पालिकाका टिम सहभागी छन् ।
प्रतियोगिताको पहिलो दिन पहिलो खेलमा खनियाबास गाउँपालिका बिजयी भएको छ । टस जितेर खनियाबास गाउँपालिकाले गजुरी गाउँपालिकालाई ब्याटिङको निम्तो दिएको थियो ।
गजुरीले दिएको ११२ रनको टार्गेट खनियाबासले १६.३ ओभरमा ४ विकेट गुमाउदै निर्धारित लक्ष्य सानदार ढंगले पुरा गरेको थियो ।गजुरी गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १११ रन जोड्यो ।खेलको म्यान अफ द म्याच सरोज लम्साल भए ।
यस्तै दोस्रो खेलमा धुनीबेसी नगरपालिका विजयी भएको छ । धुनीबेसीले दिएको १२५ रनको टारगेटमा त्रिपुरासुन्दरी १२० रनमा समेटिदा धुनिबेसी ४ रनले विजयी भएको हो । photo:CAD
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |