धादिङ,०३ कात्तिक।
धादिङमा जारी जिल्ला स्तरीय अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगितामा आज पनि ३ खेल हुने भएको छ ।आजको पहिलो खेल त्रिपुरासुन्दरी गाउँपालिका र गजुरी गाउँपालिकाबिच हुनेछ भने दोस्रो खेल गल्छी गाउँपालिका र सिद्धलेक गाउँपालिकाबिच हुनेछ। त्यस्तै तेस्रो खेल बेनीघाट रोराङ गाउँपालिका र नीलकण्ठ नगरपालिका बिच हुने आयोजकले जनाएको छ ।
धादिङ जिल्ला क्रिकेट संघको आयोजना तथा जिल्लाका बिभिन्न स्थानिय तहको सहयोगमा बेनिघाट रोराङ गाउँपालिकाको विशालटार स्थित चन्द्रोदय मा.विको खेल मैदानमा मंगलबारदेखी प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा जिल्लाभरका आठ ओटा पालिकाका टिम सहभागी भएका छन्। प्रतियोगिताको खेल तालिका अनुसार चार/चार टिमको दुई समुह बिभाजन गरिएको छ ।
धादिङमा जिल्ला स्तरय क्रिकेट प्रतियोगिता आयोजना गरिएको यो तेश्रो पटक हो ।पछिल्लो समय जिल्लामा गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगीता हुन थालेका छन् भने विद्यालयमा हुने बार्षिक खेलकुदमा पनि क्रिकेट खेललाइ समावेश गरिन थालिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |