धादिङ,०७ कात्तिक ।
धादिङमा जिल्ला स्तरीय अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको उपाधि त्रिपुरासुन्दरी गाउँपालिकाले जितेको छ ।
सोमबार बेनिघाट रोराङ गाउँपालिकाको विशालटार स्थित चन्द्रोदय मा.विको खेल मैदानमा सम्पन्न फाइनल खेलमा धुनीबेसी नगरपालिकालाई चार विकेटले हराउँदै त्रिपुरासुन्दरीले उपाधि सहित नगद १ लाख ३० हजार रुपैयाँ जितेको छ । उपविजेता धुनीबेसी नगरपालिकाले ७५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
टस जितेर ब्याटिङ गरेको धुनीबेसी नगरपालिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११२ रन जोड्यो । धुनीबेसीले सुरुवात बाट नै विकेट गुमाउदै गएता पनि ओपनर कौशल रुपाखेतीले क्रिसमा समालेर ब्याटिङ गरे ।
उनले ५९ रन ७ चौका र ५ छक्काको सहित सर्वाधिक ७६ रनको योगदान दिए । संस्कार पाठकले १२ रन बनाए। त्रिपुरासुन्दरी गाउँपालिकाका तिब्रगतिका बलर बिशाल थपलियाले ४ ओभरमा १५ रन खर्चिएर २ विकेट लिए । बुबा र छोराको जोडीले ३ विकेट लिए । बुबा उदय थापाले २ विकेट लिए । छोरा अमृत थापाले १ विकेट लिए ।
११३ रनको लक्ष्य पछ्याएको त्रिपुरासुन्दरीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११६ रन बनायो । १० ओभरमा २ विकेट गुमाउदै त्रिपुरासुन्दरीले ५० रन बनाएको थियो ।
१०औ ओभरको दोस्रो र तेस्रो बलमा धुनीबेसीका समिर तिमल्सिनाले उदय थापा र सहिल भण्डारीलाई बोल्ड गर्दै धुनीबेसीलाई खेलमा फर्काएका थिए ।
३० बलमा ३० रन आवश्यक रहदा त्रिपुरासुन्दरीले ५औ विकेटको रुपमा सौरब थपलियाले ९ रन बनाएर आउट भए । १४ बलमा १४ रन आवश्यक रहदा त्रिपुरासुन्दरी ६औ विकेटको रुपमा राम बहादुर रानाको विकेट गएको थियो ।
अन्तिम ६ बलमा ५ रन आवश्यक रहदा २० औ ओभरको पहिलो बलमा कप्तान अमृत थापाले कौशललाई चौका प्रहार गरेका थिए । दोस्रो बलमा बाईको रुपमा चौका हुदा त्रिपुरासुन्दरीले उपाधी जितेको थियो ।
कप्तान अमृत थापाले ५८ बलमा ७ चौका र ६ छक्काको मद्दतमा ७६ रन प्रहार गरे ।धुनीबेसीका सुनिल बानियाले ४ ओभरमा २५ रन खर्चिएर २ विकेट लिए । समिर तिमल्सिनाले पनि २ विकेट लिए । आजको खेलको म्यान अफ द म्याच अमृत थापा भए । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी अमृत, उत्कृष्ट बलर पनि अमृत थापा नै भए भने उत्कृष्ट ब्याटर धुनिबेसीका कौशल रुपाखेती भए ।
धादिङ जिल्ला क्रिकेट संघको आयोजना तथा जिल्लाका बिभिन्न स्थानिय तह र बिभिन्न संघसंस्थाको सहयोगमा भएको प्रतियोगितामा धादिङ जिल्लाका आठ ओटा पालिकाका टिम सहभागी भएका थिए।
धादिङमा जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता आयोजना गरिएको यो तेश्रो पटक हो ।पछिल्लो समय जिल्लामा गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगीता हुन थालेका छन् भने विद्यालयमा हुने बार्षिक खेलकुदमा पनि क्रिकेट खेललाइ समावेश गरिन थालिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |