कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट प्रतियोगिता बनेको दाबी फिफाले गरेको छ।
आगामी आइतबार हुने अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलअघि आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतार विश्वकपलाई अहिलेसम्मको सर्वश्रेष्ठ भन्दै प्रशंसा गरे।
विश्वकपले विश्वलाई एकताबद्ध गरेर फुटबलको अद्वितीय शक्ति सुदृढ बनाएको उनले बताए। आज बसेको फिफाको बैठकले आगामी विश्वकपको बजेटसमेत स्वीकृत गरेको छ। फिफाले करिब ९ अर्ब ७० करोड अमेरिकी डलर फुटबल लगानी गर्नेछ।
बैठकले फिफा क्लब विश्वकप मोरक्कोमा आयोजना गर्ने घोषणासमेत गरेको छ। ३२ टोली सहभागी हुने फिफा क्लब विश्वकप सन् २०२३ फेब्रुअरी १ देखि ११ सम्म आयोजना गर्ने फिफाले जनाएको हो। यस्को आयोजना मोरक्कोले गर्नेछ।
यसैबीच आगामी आइतबार हुने विश्वकप फुटबलको फाइनल खेल फिफाले यू-ट्युबबाट पनि प्रशारण गर्ने भएको छ। अर्जेन्टिना र फ्रान्सबीच आइतबार राति पौने ९ बजे हुने फाइनल खेलको बिइन स्पोर्टस च्यानलबाट प्रत्यक्ष प्रशारण हुने जानकारी फिफाले दिएको छ।
फिफाले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा हुने विश्वकप फुटबलको फर्म्याट परिवर्तन हुनसक्नेसमेत संकेत गरेको छ। हाल विश्वकपमा ३२ राष्ट्रमात्र सहभागी भएकोमा अब हुने विश्वकपमा थप १६ देश सहभागी गराउने फिफाको तयारी छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |