

कतार फिफा विश्वकप फुटबलको फाइनल आइतबार हुँदैछ । दोहास्थित लुसेल मैदानमा हुने फाइनलमा खेलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाली समयअनुसार पौने ९ बजे सुरु हुने खेलमा दुवै टोलीले लक्ष्य तेस्रोपटक च्याम्पियन बन्ने छ । फ्रान्स भने लगातार दोस्रो ट्रफी उचाल्ने दाउमा छ । यसअघि फ्रान्स सन् १९९८ र सन् २०१८ मा च्याम्पियन भएको थियो । अर्जेन्टिना सन् १९९८ र सन् १९८४ मा च्याम्पियन भएको थियो ।
लियोनल मेसी (अर्जेन्टिना)
कतार विश्वकपमा सबैको नजर लियोनल मेसीमाथि छ । मेसीले यो विश्वकप नै आफ्नो अन्तिम खेल भएको बताइसकेका छन् । ३५ वर्षीय मेसीले जारी विश्वकपमा पाँच गोल गरेका छन् । यसैगरी तीन असिस्ट उपलब्ध गराएका छन् । मेसीले साउदी अरेबिया, मेक्सिको, अस्ट्रेलिया, नेदरल्यान्ड्स, क्रोएसियाविरुद्ध एक–एक गोल गरेका छन् । जसमा तीन गोल पेनाल्टीमा सम्भव भए ।
अग्रपंक्तिमा आवश्यकताअनुसार रहँदै मेसी अधिकांश समय मिडफिल्डर झरेर खेलिरहेका छन् । जसमा उनीसँगै अर्जेन्टिना सफल भएको छ। मेसीले अर्जेन्टिनाबाट एक सय ७१ खेलमा ९६ गोल गरेका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) मा व्यावसायिक फुटबल खेलिरहेका मेसी सन् २०१८ मा समेत सेमिफाइनल पुगेर उपाधिबाट विमुख भएका थिए ।
केलियन एम्बाप्पे (फ्रान्स)
युवा स्ट्राइकर केलियन एम्बाप्पे जारी कतार विश्वकपमा निकै लयमा छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का यी खेलाडीले पाँच गोल गरिसकेका छन् । उनी मेसीसँगै गोल्डेन बुटको दौडमा छन् । साबिक विजेता फ्रान्सका २३ वर्षीय एम्बाप्पेले डेनमार्क र पोल्यान्डविरुद्ध समान दुई गोल गर्दा अस्टे«लियाविरुद्ध एक गोल गरेका थिए ।
एम्बाप्पे बल नियन्त्रणमा राख्दै तीव्र गतिमा दौडन, फिनिसिङ गर्न र पास निकाल्नमा माहिर मानिन्छन् । सेमिफाइलनमा मोरक्कोविरुद्ध गोलविहीन भए पनि दुवै गोलमा एम्बाप्पेको योगदान रहेको थियो । सन् २०१७ देखि राष्ट्रिय टोलीमा रहेका एम्बाप्पेले ६६ खेलमा ३३ गोल गरेका छन् । एम्बाप्पे लगातार दुई विश्वकप जित्ने संघारमा छन् । जुन यसअघि ब्राजिल र इटालीले जितेका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |