

विश्वकप च्याम्पियनलाई स्वागत गर्न अर्जेन्टिनाको राजधानी व्युनस आयर्समा मंगलबार लाखौं समर्थक सडकमा भेला भएका छन् । खेलकुद टोलीको बस व्युनस आयर्समा पुग्दा भिड नियन्त्रण गर्न सुरक्षा बललाई हम्मे हम्मे परेकाे थियो ।
विश्व कप टोली बिहान ३ बजे विमानस्थलमा उत्रिएपछि रजाधानीमा ठूलो भिड बढेको थियो । अर्जेन्टिनाको फुटबल जर्सीको नीलो र सेतो लुगा लगाएका झण्डा बोकेका लाखौँ मानिस प्रतिष्ठित ओबिलिस्क स्मारक नजिकै सडकमा भेला भएका थिए । विभिन्न ठाउँमा अर्जेन्टिनाका फुटबल प्रशंसकहरू राष्ट्रिय र क्लब टोलीको जित मनाउन पनि भेला हुन्छन् ।
टोलीको सम्मानमा ४० लाख प्रशंसक भेला भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । आइतबार भएको फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पेनाल्टी सुट आउटमा पराजित गरेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |