आजदेखि पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिग सुरु हुँदैछ । कीर्तिपुर मैदानमा हुने खेलमा आज पहिलो दिन २ वटा खेल हुनेछन्।
उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाण्डौ नाइट खेल्नेछन् । यो खेल बिहान सवा ९ बजे सुरु हुनेछ । यस्तै आज हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाइटेडले खेल्नेछन् । लुम्बिनी र फार वेस्टर्न बिचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।
प्रतियोगितामा काठमाण्डौ नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किङ्ग्स र लुम्बिनी अल स्टार गरी ६ टोलीको सहभागिता छ । लिगको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
नेपाल क्रिकेट सङ्घ क्यानले हिजो पत्रकार सम्मेलन गरेर विजेताले ५५ लाख रुपैयाँ पाउने जनाएको हो । यस्तै, उपविजेताले ३० लाख, तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, प्लेयर अफ द सिरिजले ५ लाख तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार रुपैयाँ पाउने छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |