

काभा यु-२३ पुरुष भलिबल च्याम्पियनसिपको लिग चरणमा नेपाल जित बिहिन बनेको छ । शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल कीर्गिस्तानसँग ३-२ सेटमा पराजित भएको हो । नेपालले अब लिग चरणको विजेतासँग खेल्नेछ ।
बंगललादेशको शाहीद सुहरावर्दी इनडोर स्टेडियममा पहिलो सेट २५-१६ ले गुमाएको नेपालले दोस्रो सेटमा पुनरागमन गर्दै २५-२३ को जित निकालेको थियो । त्यस्तै तेस्रो सेट २५-१७ ले गुमाएको नेपालले चौथो सेट २५-१९ मा जित निकाल्दा अन्तिम सेटमा कीर्गिस्तानले १५-६ को जित सुनिश्चित गरेको हो ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र कीर्गिस्तान गरी चार टोलीको सहभागिता छ । नेपालले यसअघिको खेलमा बंगलादेश र श्रीलंकासँग पराजय ब्यहोरेको थियो । नेपालले च्याम्पियनसिपको सेमिफाइनल खेल भोलि खेल्नेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |