

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला आइतबारदेखि सुरु हुँदैछ ।
श्रृंखलामा नवौं राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङकङ क्रिकेटको महिला टिमबीच दुई फम्र्याटको चार मैत्रीपूर्ण खेल खेलाइने छ । दुई खेल ४० ओभरको हुनेछ भने बाँकी २ खेल टी– २० हुने परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जनाएका छन् ।
मुलपानी क्रिकेट मैदानमा श्रृंखलाअन्तर्गत डिसेम्बर २५ र २६ तारिखमा ४० ओभरको खेल खेलाइने छ । डिसेम्बर २७ र २९ तारिखमा टी– २० खेल हुनेछ ।
बागमती प्रदेशको महिला टिमले नवौं राष्ट्रिय खेलकुदमा कांस्य पदक जितेको थियो । हङकङको टिममा राष्ट्रिय टिमकी कप्तान क्यारी चेनसहित राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका अन्य ६ खेलाडी रहेको आयोजकले जनाएको छ ।
नेपालमा महिला क्रिकेटको सम्भावना, अन्तर्राष्ट्रिय स्तरमा बढ्दो लोकप्रियता तथा क्रिकेटको विकास र प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले श्रृंखला आयोजना गर्न लागिएको सदस्य–सचिव भण्डारीले बताए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |