

काभा यु–२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल जितविहिन बनेको छ । सोमबार तेस्रो स्थानका लागि भएको खेलमा नेपाल श्रीलंकासँग ३–२ को सोझो सेटमा पराजित भएको हो ।
बंगलादेशको ढाकास्थित सहिद शुरवार्दी नेसनल इन्डोर रंगशालामा पहिलो सेट २५–२२ जितेकोनेपालले दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१९ ले गुमाएको थियो । चौथो सेट नेपालले २५–२० ले आफ्नो पक्षमा पार्दा खेल पाँचौ तथा अन्तिम सेटसम्म लम्बिएको थियो । पाँचौ सेट नेपालले १५–१० ले गुमायो ।
आइतबार सम्पन्न सेमिफाइनलमा नेपाल घरेलु टोली बंगलादेश तथा श्रीलंका कीर्गिस्तानसँग समान सोझो सेटमा पराजित भएका थिए । यसअघि नेपालले समूह चरणमा घरेलु टोली बंगलादेश र श्रीलंकासँग समान ३–० को सोझो सेट तथा किर्गिस्तानसँग ३–२ सेटको हार ब्यहोरेको थियो ।
सोमबार नै हुने फाइनलमा बंगलादेश र किर्गिस्तान प्रतिस्पर्धा गर्नेछन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |