संकटा क्लब २२ औं आहारारा पोखरा गोल्डकप प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लवलाई ४–१ गोल अन्तरले पराजीत गरी संकटा फाइनल प्रवेश गरेको हो । संकटाको जितमा स्टेफन विनोङ र मेसुके ओलामाउले २÷२ गोल गरेका थिए । एपीएफका तर्फबाट हरि कार्कीले सान्त्वना गोल फर्काए ।
खेल सुरु भएको ४ मिनेटमै संकटाका लागि स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाए । ४२ औं मिनेटमा मेसुके ओलामाउले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २ गोलले पछि परेको एपिएफका विरुद्ध ६० औं मिनेटमा पुनः स्टेफन बिनोङलेले व्यक्तिगत दोस्रो तथा टीमका लागि तेश्रो गोल गरे ।
७३ औं मिनेटमा एपीएफका लागि कार्कीले सान्त्वता गोल गरेपनि जितका लागि पर्याप्त भएन । ८५ औं मिनेटमा संकटाकै मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै टीमलाई ४–१ को जीत निकाले । दोश्रो सेमिफाइनल खेल विहिबार पोखरा रंगशालामा हुनेछ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |