

बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा रियल मड्रिडलाई ३-१ गोल अन्तरले हराउँदै बार्सिलोना च्याम्पियन बनेको हो ।
बार्सिलोनाको जितमा गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक एक गोल गरे । रियलका करिम बेन्जिमाले एक गोल फर्काए ।
खेलको ३३ औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । ४५ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
खेलको ६९ औं मिनेटमा पेड्रीले गोल गर्दा बार्सिलोनाको अग्रता ३-० को बन्यो । त्यसपछि खेलको इन्जुरी समयमा बेन्जिमाले एक गोल फर्काएपनि बार्सिलोना ३-१ ले विजयी हुँदै च्याम्पियन बनेको हो ।
बार्सिलोनाले पाँच वर्षपछि सुपर कपको उपाधि जितेको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |