धादिङ,०६ माघ ।
नेकोस बागमती प्रदेश स्तरिय पुरुष भलिबल प्रतियोगितामा धादिङ सेमिफाईनल प्रवेश गरेको छ ।
रामेछापस्थित मन्थलीमा जारी प्रतियोगिता अन्तरगत आज भएको क्वाटरफाईनल खेलमा दोलखालाई २–१ को सेटमा हराउँदै धादिङ सेमिफाईनल प्रवेश गरेको हो । धादिङले दोलखाबिरुद्ध २५–२२,२५–२१ र १५–१३ को जित निकाल्यो । धादिङले अब फाईनल प्रवेशको लागि रामेछाप र मकवानपुरबिचको बिजेतासँग खेल्ने छ । रामेछाप र मकवानपुरबिचको खेल अहिले भईरहेको छ ।
नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीको आयोजनामा बुधबारदेखी रामेछापमा सुरु भएको प्रतियोगितामा ४ समुह बनाएर खेलाईएको थियो । समुह ए मा धादिङ, नुवाकोट र सिन्धुली रहेको थियो । धादिङले नुवाकोटलाई जितेको थियो भने सिन्धुलीसँग हार व्योहोरेको थियो । चितवन, सिन्धुपाल्चोक र धादिङ सेमिफाईनल प्रवेश गरिसकेका छन् । प्रतियोगिताको विजेता टोलीले २ लाख नगदसहित, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ ।
त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः १ लाख, ५० हजार र ३० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन्।साथै प्रत्येक सहभागी समूहलाई सहभागी भएबापत प्रतिसमुह २५ हजार र सेमी फाइनलमा पुगेका समुहलाई थप रु २५ हजार आयोजकले दिने योजना रहेको नेपाल खेलकुद महासङ्घ बागमती प्रदेशका अध्यक्ष सीताराम कार्कीले बताउनुभयो । प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका १३ टिमले भाग लिएका थिए।
प्रतियोगितामा धादिङबाट अमन आले (सिद्धलेक), प्रदिप थापा (सिद्धलेक), विदुर इटनी (सिद्धलेक), शिरिस तामाङ (खनियाबास), मिलन घले (खनियाबास), मनोज श्रेष्ठ (गंगाजमुना), विजय गुरुङ (गंगाजमुना), मुक्ती तामाङ (रुबीभ्याली), सम्राट श्रेष्ठ (नीलकण्ठ) रहेका छन् ।तस्विर:बिदुर ईटनी
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |