आउँदो महिना यूएईमा हुने आईसीसी १९ वर्षमुनिको विश्व कप छनोटमा नेपालले पहिलो खेल सिङ्गापुरसँग खेल्ने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले छनोटमा नेपालले खेल्ने खेल तालिका सर्वजनिक गरेको छ । नेपालले पहिलो खेल फागुन १२ अर्थात् फेब्रुअरी २४ मा सिङ्गापुरसँग खेल्नेछ । दोस्रो खेल फागुन १३ मा कुबेतसँग खेल्नेछ । त्यस्तै फागुन १५ मा हङकङसँग खेल्नेछ । फागुन १६ मा मलेसियासँग खेल्नेछ । त्यसपछि नेपालले दुई दिन विश्राम गर्नेछ ।
अन्तिम खेल फागुन १८ मा यूएईसँग खेल्नेछ । नेपाल प्रतियोगिताको शीर्ष स्थानमा रहन सके सन् २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कप खेल्न पाउनेछ । टोलीको मुख्य प्रशिक्षक जगत टमाटा रहेका छन् । नेपालले १४ सदस्यीय टोलीको पनि घोषणा गरेको छ । तर कप्तानको टुङ्गो लागेको छैन ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |