

‘केपी ओपी कप २०७९’ खुला राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ। नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघ नेपालले पार्टी अध्यक्ष ओलीको नाममा प्रतियोगिता गर्न लागेको हो।
प्रतियोगिताबारे विस्तृत जानकारी शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर दिइने भएको छ। प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म हुने तय भएको छ।
प्रतियोगिता आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनुमति दिइसकेको छ। प्रतियोगितामा ए डिभिजन क्लबका ८ वटा टिम सहभागी हुने जनाइएको छ। प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइनेछ।
प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, च्यासल मैदान र एपिएफको खेल मैदानमा हुनेछन्। उनले प्रतियोगिताको सम्पूर्ण आयोजना युवा संघले गर्नेछ। एन्फाले केही सामग्री र प्राविधिक सहयोग गर्ने भएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |