सर्बियन स्टार नोभाक जोकोभिच १० औ पटक अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन्। फाइनल प्रवेश गरेसँगै जोकोभिच अर्का स्टार राफेल नाडालले २२ पटक ग्रान्डस्लाम जितेको कीर्तिमान भन्दा एक कदममात्र पछि छन्।
मेलबर्नमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा अमेरिकी खेलाडी टोमी पाउललाई हराउँदै जोकोभिचले फाइनलको यात्रा तय गरेका हुन्। ३५ वर्षीय जोकोभिचले टोमीलाई ७–५, ६–१ र ६–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।
अस्ट्रेलियन ओपनका सर्वाधिक सफल जोकोभिच गत वर्ष कोभिड प्रोटकल पालना नगर्दा एयरपोर्टबाटै डिपोट भएका थिए। उनले कोभिड(१९ को खोप लगाउन अस्विकार गर्दा अस्ट्रेलियन ओपन गुमाएका थिए। उनले अहिलेसम्म कोभिड खोप लगाएका छैनन्। यस वर्ष भने अष्ट्रेलिया सरकारले खोप विना प्रवेश निषेधलाई फुकुवा गरेसँगै उनले अवसर पाएका हुन्।
अब जोकोभिचले उपाधिका लागि आइतबार ग्रीसका २४ वर्षीय युवा खेलाडी स्टेफानोस सित्सिपाससँग प्रतिस्पर्धा गर्ने छन्। पहिलो सेमिफाइनलमा रुसका करेन खाचानोभलाई हराउँदै सित्सिपासले फाइनलमा पुगेका छन्।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |