दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा आज नेपाल र घरेलु टोली बंगलादेश भिड्ने छन् ।
बंगलादेशले ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा उक्त फाइनल भिडन्त हुनेछ । सोमवार नेपालले भारतलाई हराएर फाइनल प्रवेशको ऐतिहासिक मौका पाएको थियो ।
गत मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरे पछि फाइनलमा नेपाल र बंगलादेश भिडन लागेका हुन ।
यस जितसँग तीन खेलमा सात अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रह्यो भने तीनकै खेलमा पराजय ब्यहोरेको भुटान अंक विहिन हुँदै बाहिरिए पछि बंगलादेश फाइनलमा पुगेको हो ।
भुटानसँग बंगलादेशको यो जितसँगै उता भारत भने बाहिरिनु परेको थियो भने भारतले तीन खेलमा सात अंक जोडे पनि फाइनलमा प्रवेश गर्न भने पाएन ।
भारतलाई हराएर आएको नेपाल र भुटानलाई हराएर फाइनलमा पुगेको घरेलु टोली बंगलादेश बिचको खेल रोमाञ्चक हुने खेलप्रेमीहरुले जनाएका छन ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |