आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत पहिलो खेलमा शीर्षक्रमका ब्याटर माइकल भान लिंगेनको सानदार शतकमा नामिबियाले नेपाललाई प्रतिस्पर्धी लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको छ ।
नामिबियाका लागि माइकलले सानदार शतक पारी खेले । उनले १३७ बलमा ९ चौका र ५ छक्काको मद्धतमा १३३ रन जोडे । कप्तान गेर्हार्ड इरास्मसले ५६ रन, ओपनरद्वय लो हान्ड्रे लरेन्सले ५ रन र कार्ल ब्रिकेस्टकले १३ रन जोडे । निकोल लोफ्टी-इटनले ८ रन, जन फ्राइलिङ्कले १३, जेन ग्रीनले ३४ रन, रुबेन ट्रम्पलम्यानले ११ रन र बर्नार्ड स्कोल्टजले रन बनाए ।
नेपालका लागि करण केसीले चार विकेट तथा सन्दीप लामिछानेले तीन विकेट सोमपाल कामी र कुशल मल्लले एक/एक विकेट लिए ।बलात्कार आरोप लागेको पाँच महिनापछि मैदान पूनरागमन गरेका सन्दीपले सानदार प्रर्दशन गरे ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |