

ओपनर कुशल भुर्तेलकाे कीर्तिमानी शतकमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाअन्तर्गत पहिलो खेलमा नामिबियाविरुद्ध २ विकेटकाे ऐतिहासिक जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले दिएको २८६ रनको विशाल लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो । यो ओडिआई क्रिकेट इतिहासमा नेपालले पूरा गरेको सर्वाधिक ठूलो योगफल हो ।
नेपालका लागि ओपनर भुर्तेलले कीर्तिमानी शतक प्रहार गरे । भुर्तेलले नामिबियाविरुद्ध ९९ बलमा शतक पूरा गर्दै कीर्तिमान बनाएका हुन् । भुर्तेल नेपाली ओडिआईमा ओपनरको रुपमा शतक हान्ने पहिलो क्रिकेटर बनेका छन् । भुर्तेलको यो ओडिआई करिअरको पहिलो शतक हो । ओडिआईमा नेपालबाट शतक प्रहार गर्ने उनी चौथो खेलाडी हुन् ।
भुर्तेलले ११३ बलमा १० चौका र ४ छक्काको मद्धतमा ११५ रनको योगदान गरे । उनले कप्तान रोहित पौडलसँग कीर्तिमानी साझेदारीसमेत गरे। तेस्रो विकेटका लागि रोहित र कुशलले १ सय ३३ रनको शतकीय साझेदारी गरेका हुन् । पौडलले ७६ बलमा ७ चौका र ३ छक्काको मद्धतमा ७२ रन बनाए । यस्तै, ज्ञानेन्द्र मल्लले २५ रन, कुशल मल्लले ६ रन, दिपेन्द्र सिंह ऐरीले ७ रन बनाउँदा ओपनर आसिफ शेख भने शून्यमै आउट भए ।
यस्तै, सन्दीप जोराले २८ रन र करन केसीले २४ रन, साेमपाल कामीले ४ रनको योगदान गरे । सन्दीप लामिछाने भने शून्यमै आउट भए ।नामिबियाका लागि रुबेन ट्रम्पलम्यान र निकोल लोफ्टी इटनले तीन/तीन विकेट लिए । बर्नार्ड स्कोल्टज र टांगेनी लुंगामेनी समान एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले ५० ओभरमा १० विकेट गुमाउँदै २८५ रन बनाएको थियो ।
नामिबियाका लागि माइकलले सानदार शतक पारी खेले । उनले १३७ बलमा ९ चौका र ५ छक्काको मद्धतमा १३३ रन जोडे । कप्तान गेर्हार्ड इरास्मसले ५६ रन, ओपनरद्वय लो हान्ड्रे लरेन्सले ५ रन र कार्ल ब्रिकेस्टकले १३ रन जोडे । निकोल लोफ्टी इटनले ८ रन, जन फ्राइलिङ्कले १३ रन, जेन ग्रीनले ३४ रन, रुबेन ट्रम्पलम्यानले ११ रन र टांगेनी लुंगामेनीले १ रन बनाए ।
नेपालका लागि करण केसीले सर्वाधिक पाँच विकेट लिए । पूर्वकप्तान सन्दीप लामिछानेले तीन विकेट लिँदा सोमपाल कामी र कुशल मल्लले समान एक/एक विकेट लिए । बलात्कार आरोप लागेको पाँच महिनापछि मैदान पूनरागमन गरेका सन्दीपले सानदार प्रर्दशन गरे ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |