

आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा १० विकेट गुमाउँदै २१२ रन बनाएको छ ।
स्कटल्याण्डका लागि जर्ज मुन्सेले अर्धशतकिय पारी खेले । उनले ५० बलमा ९ चौका र २ छक्काको मद्धतमा ६० रनको योगदान दिए । ओपनर काइल कोट्जरले २२ रन बनाउँदा क्रिस्टोफर म्याकब्राइडले पनि समान २२ रन जोडे ।
कप्तान रिची बेरिंगटन शून्य रनमै आउट हुँदा विकेटकिपर म्याथ्यू क्रसले ४२ रन, टमस स्कट साबटर म्याकिन्टोसले १ रन, ब्रान्डन म्याकमुलेनले ३१ रन, क्रिस ग्रीव्सले ७ रन, मार्क वाटले ८ रन र सफायान शरीफले ८ रन जोडे । माइकल लीस्क शून्यमै आउट भए ।
नेपालका लागि पूर्वकप्तान सन्दीप लामिछानेले चार विकेट लिए । करण केसीले तीन विकेट लिँदा कुशल मल्ल र ललित राजवंशीको नाममा एक/एक विकेट रह्यो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |