आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने त्रिदेशीय शृंखलाका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक मोन्टी देसाईले घोषणा गरेको १५ सदस्यीय टोलीमा स्पिनर सन्दीप लामिछाने भने परेका छैनन् । उनलाई धरौटीमा छाड्ने आदेश दिँदा उच्च अदालतले विदेश जान नपाउने शर्त राखेको कारण उनी टीममा नपरेका हुन् । मौसम ढकाल र प्रतिश जिसीले टिममा स्थान बनाएका छन् ।
नेपालले फागुन १५ गते पपुवा न्युगिनी (पीएनजी)विरुद्ध खेल्दै उक्त शृंखलाको सुरुआत गर्नेछ । नेपालले फागुन १८ गते यूएईसँग, फागुन १९ गते पुनः पीएनजीसँग र फागुन २२ गते पुनः यूएईसँग खेल्ने तालिका छ ।
नेपालको टोली-
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, श्याम ढकाल (मौसम), गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |