यूएईएमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गतको प्रतियोगितामा नेपालले लगातार चौथो खेलमा जित हात पारेको छ ।
यूएईस्थित मलेका क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो ।
मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले आठौं ओभरको अन्तिम बलमा कुनै विकेट नगुमाई पूरा गर्यो । नेपालको जितमा ओपनर दीपक बोहरा २९ बलमा ८ चौकासहित ३८ र अर्जुन कुमाल २५ बलमा ३ चौकासहित अविजित २१ रन जोडे।
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मलेसिया ३५.३ ओभरमा ७२ रनमा अल आउट भएकाे थियाे । दीपेश कँडेलले १० ओभरमा ४ मेडन राखेर ११ रन मात्र दिए।
यस क्रममा उनले ४ विकेट लिन सफल भए भने अर्का तीव्र गतिका बलर आकाश चन्दले ३ विकेट लिन सफल भए।
मलेसियाका लागि मुहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद सायाहिरले १२ रन बनाए । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले हराएको थियो भने तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |