

खेल क्षेत्रबाट अतुलनिय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्ने खेलाडी प्रशिक्षक एवम् खेलकर्मीलाई सम्मान गर्ने पल्सर स्पोर्टस अवार्डअन्र्गत विभिन्न चार विधाको मनोनयन आज सार्वजनिक भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने उक्त अवार्डअन्तर्गत वर्षको सर्वक्षेष्ठ पुरुष खेलाडी, वर्षको सर्वश्रेष्ठ महिला खेलाडी, वर्षकोे सर्वश्रेष्ठ युवा खेलाडी र वर्षको सर्वश्रेष्ठ प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको हो ।
वर्षको सर्वश्रेष्ठ पुरुष खेलाडीमा क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी, फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ तथा ब्याडमिन्टनका प्रिन्स दाहाल मनोनयनमा परेको मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
त्यसैगरी महिलातर्फ क्रिकेटकी सीता रानामगर र रुविना क्षेत्री, भलिबलकी अरुणा शाही, बक्सिङकी पुनम रावल र एथ्लेटिक्सकी पुष्पा भण्डारी मनोनयनमा परेका छन् । युवा खेलाडीको मनोनयनमा फुटबलका मनिष डाँगी र प्रिति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारी र ब्याडमिन्टनकी रसिला महर्जन छन् ।
प्रशिक्षकतर्फ फुटबलका अब्दुल्ला अल्मुताइरी, क्रिकेटका डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीस भट्ट मनोनयनमा परेका छन् । यही फागुन २३ गते हुने १९औँ संस्करणको उक्त अवार्डमा विभिन्न नौ विधामा खेलाडी र खेलकर्मीलाई सम्मान गरिनेछ ।
पल्सर स्पोर्टस अवार्डअन्र्गत लाइफटाइम एचिभमेन्ट , पारा एथलिट, स्पेशल र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड भने कार्यक्रमकै दिन घोषणा गरिने आयोजक मञ्चका कार्यबाहक अध्यक्ष नीराजन अधिकारीले जानकारी दिनुभयो । अवार्डमा वर्ष पुरुष, महिला, पिपल्स च्वाइस, युवा र वर्ष प्रशिक्षकको विजेताले पल्सर मोटरसाइकल पाउनेछन् भने अन्य विधा विजेता खेलाडीले जनही रु ५० हजार प्राप्त गर्नेछन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |