

तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालले २ स्वर्ण र २ रजत पदक जीत्न सफल भएको छ ।
श्रीलंकाको रतनपुरा इन्डोर स्टेडियमा भएको प्रतियोगितामा नेपालले दुई स्वर्ण र २ रजत पदकमा जीत हासिल गर्न सफल भएको हो ।
९ वर्ष उमेर समूहमा सन्यम कँडेलले र ७५ केजी तौल समूहमा कमरुद्धिन अलिले स्वर्ण पदक जित्न सफल भएका हुन भने पुरुषोत्तम पोखरेल र शोभाखर पन्थ भने रजत पदकमा चित्त बुझाउनु परयो ।
सो खेलमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान श्रीलंकासहित ५ राष्ट्रको सहभागिता थियो । प्रतियोगितामा नेपालवाट भने ५ जना खेलाडीका सहभागीता रहेको थियो ।
नेपाल कराँते महासंघका महासचिव एवं दक्षिण एसियाली वादोरियो कराँते महासंघका अध्यक्ष हरिशरण केसीको नेतृत्वमा टिम व्यवस्थापक जेनिश पन्थीसहितको टोली ५ खेलाडी लिएर श्रीलंका पुगेका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |