

एएफसी यू–२० महिला एसियन कप–२०२४ को छनोट प्रतियोगिताका लागि नेपाली युवा राष्ट्रिय महिला फुटबल टिमको बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमका बीच प्यालेस्टाइनमा हुने छनौट खेलका लागि २३ सदस्यीय खेलाडीको नेपाली टिमलाई बिदाइ गररिएको हो ।
नेपालसहित छनोटको समूहमा घरेलु टिम प्यालेस्टाइन, नर्दन मारियाना टापु र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । यो समुह ‘बि’को टिम हो।नेपाली टिमको मुख्य प्रशिक्षक यमप्रसाद गुरुङका अनुसार नेपालले आगमी मार्च ८ मा घरेलु टिम प्यालेस्टाइनसँग पहिलो खेल खेल्नेछ । मार्च १० मा नेपालले नर्दन मारियाना टापुको सामना गर्नेछ भने मार्च १२ अन्तिममा यूएईविरुद्ध खेल्नेछ ।
यो समूहको शीर्ष स्थानमा रहने टिमले छनोटको दोस्रो चरणमा उक्लिने अवसर पाउनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |