मध्यक्रमका ब्याट्सम्यान भीम सार्कीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईलाई मध्यम लक्ष्य दिएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको छ।
नेपालका लागि भीम सार्कीले उत्कृष्ट अर्धशतकिय पारी खेले । उनले ९९ बलमा ७ चौकाको मद्दतमा ७० रनको योगदान गरे । उनको यो सिनियर टोलीमा करिअरको पहिलो अर्धशतक हो । उनलाई राम्रो साथ दिएका सन्दीप लामिछानेले २७ रन जोडे ।
ओपनरद्वय सस्तैमा आउट हुँदा नेपालको इनिङ सम्हालेका कुशल मल्लले ३२ रन बनाए । ज्ञानेन्द्र मल्लले ११ रन, आसिफ शेखले ६ रन जोड्दा कप्तान रोहित पौडेल भने एक रनमै आउट भए । दीपेन्द्र सिंह ऐरीले ४ रन, आरिफ शेखले ४३ रन, करण केसीले १७ रन र प्रतिश जिसीले ११ रन बनाए ।
युएईका लागि जुनैद सिद्दिकीले तीन विकेट लिँदा रोहन मुस्तफा र आर्यन लाक्राले समान दुई/दुई विकेट लिए । पलानियापन मयप्पनको नाममा एक विकेट रह्यो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |