

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिभुवन विश्वबिद्यालयको घरेलु मैदानमा नेपाली टोलीले आज पपुवा न्युगिन्हीसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालसँग लगातार दुई खेल हारेर पीएनजी कीर्तिपुर क्रिकेट मैदानमा उत्रँदै छ।
यसअघि फागुन १९ मा भएको खेलमा पपुवा गिन्हीलाई नेपालले हराएको थियो । पपुवा गिन्हीले दिएको सय ८० रनको टार्गेट पछयाउँदै नेपालले नेपालले ४८ ओभरमा ७ विकेटले जीत हासिल गरेको थियो ।
नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । नेपालले अव दुई खेल जिते ३६ अंक हुनेछ । दुई जित शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आज पुन: हुने खेलका लागि नेपाली खेलाडीको सुची सार्बजनिक गरिसकेको छ । सातौँ स्थानमा रहेको पीएनजीको ३२ खेलबाट ९ अंक छ।
बिहीबार देखि घरेलु मैदान टियुमा हुने सो खेलका लागि मौसम ढकाल र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको सूचिमा राखेको क्यानले युएईसँगको अन्तिम खेल गुमाएका कुशल भुर्तेल टोलीलाई भने टिममा फर्काएको छ । तर, अन्य खेलाडी कुनै परिवर्तन गरेको छैन ।
नेपाली टोली:
रोहित पौडेल (कप्तान, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, भिम सार्की, ललित राजबंशी
बेञ्चमा: सन्दिप जोरा, श्याम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद
नेपालले टियु मैदानमा मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्ने कार्यतालिका छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |