

आत्मघाती गोलका बाबजुद बार्सिलोनाले स्पेनिस ला लिगमा रियल म्याड्रिडलाई पराजित गरेको छ ।
घरेलु मैदान स्पोटिफाई क्याम्प नोउमा आइतबार राति भएको खेलमा म्याड्रिडलाई हराउँदै बार्सिलोना २–१ ले विजयी भएको हो ।
आत्मघाती गोलसमेत खाएको बार्सिलोनाका जीतमा सजी रोबर्टो र फ्रान्क केस्सीले याेगदान गरे । जसअनुसार पहिलो हाफको नवौं मिनेटमा रोनाल्ड एराउजोको आत्मघाती गोल गरे पछि परेको बार्सिलोना ४५औं मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै खेललाई पहिलो हाफमा नै १–१ गोलको बराबरीमा ल्याउन सफल भए ।
दोस्रो हाफको ८१औं मिनेटमा मार्को एसेन्सियोले थप गोल गरे पनि भिएआरबाट मान्यता पाउन सकेन, जसका कारण बार्सिलोना १–१ को बराबरीमा सिमित रहन पुग्यो तर इन्ज्युरी समयको थप दोस्रो मिनेटमा फ्रान्क केस्सीले एलेक्स बाल्डेको पासमा गोल गरे पछि बार्सिलोना २–१ को जीत हासिल गर्न सफल भयो ।
यो जीतसँगै बार्सिलोनाको २६ खेलबाट ६८ अंक पुगेको छ भने पराजित रियल ५६ अंकमा सिमित छ । १२ अंकको अग्रता लिएको बार्सिलोना उपाधिको नजिक छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |