

घरेलु भूमिमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ क्यानले बुधबार २१ सदस्यीय प्रारा्भिक टोली घोषणा गरेको हो । टीममा यू-१९ क्रिकेट टोलीका कप्तान देव खनालले ७ महिनापछि पूनरागमन गरेका छन् । टोलीमा नेपालले पछिल्लो समय लिग टु खेलेका सबै खेलाडीहरु समावेश छन् ।
एसीसीको आयोजनामा हुने प्रतियोगिता वैशाख ५ गतेबाट १८ गतेसम्म संचालन हुनेछ । कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।
समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । शीर्ष दुई दुई टोलीले सेमिफाइनल खेल्नेछन् । यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।
नेपाली टोली-
कुशल भुर्तेल, भिम सार्की, आसिफ शेख, प्रतिष जिसी, ज्ञानेन्द्र मल्ल, ललित राजवंशी,रोहित पौडेल, सन्दीप जोरा,कुशल मल्ल, श्याम ढकाल, आरिफ शेख, कमल सिंह ऐरी,दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, गुलशन झा, सुर्य तामाङ,सोमपाल कामी, किशोर महतो, करण केसी,देव खनाल,सन्दीप लामिछाने





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |