

प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलका लागि नेपालको सुरूआती ११ सार्वजनिक भएको छ ।
दशरथ रंगशालामा ५ः ३० बजे सुरु हुने फाइनलका लागि पहिलो रोजाइमा घाइते अञ्जन विष्टको स्थान दीपकराजसिंह ठकुरीले लिएका छन्। लिग चरणको पहिलो दोस्रो खेलमा भुटानविरुद्ध घाइते भएका अञ्जन चोटका कारण बेन्चमा छन्।
यसअघिका दुई खेलमा पहेँलो कार्ड पाएर निलम्बनमा परेका पुजन उपरकोटीको स्थान मणिकुमार लामाले लिएका छन्। भने, नवयुग श्रेष्ठको स्थानमा मनिष डाँगी छन् ।
पहिलो खेलमा लाओसलाई २–० ले पराजित गरेको नेपालले दोस्रो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो। लाओस पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा भुटानलाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो।
आजको फाइनल विजेताले पाँच तथा उपविजेताले तीन हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले पाँच सय तथा प्लेयर अफ दी म्याचले दुई सय ५० अमेरिकी डलर पाउने छन्।
नेपाली टिमः किरण कुमार लिम्बु (कप्तान), विकाश खवास, अनन्त तामाङ, रोहित चन्द, मणिकुमार लामा, मणिकुमार लामा, नवीन लामा, एरिक विष्ट, आयुष घलान, सनिश श्रेष्ठ, मनिष डाँगी।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |