

एसिसी प्रिमियर कप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा नेपालले कुबेतलाई २८१ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाउँदै २८० रन बनाएको हो । बर्षाको कारण ५० ओभरको खेलमा ४२ ओभरमा छोट्याइएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको योगदान गरे । उनले ९५ बलमा ७ चाैका र ३ छक्का प्रहार गरे । उनी शतक प्रहार गर्ने क्रममा क्याच आउट भए । अर्का युवा ब्याटर कुशल मल्लले विस्फोटक ब्याटिङ गरे । उनले ४४ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५७ रन जोडे ।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट सुरुवात गरेका थिए । उनीहरुले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरे । भुर्तेलले ४३ र शेखले ३१ रन बनाएर आउट भए । भीम सार्की भने १ रनमै आउट भए ।
यस्तै, आरिफ शेखले १९ रन, सन्दीप लामिछानेले ५ रन, सोमपाल कामीले १३ रन, करन केसीले ८ रन र ललित राजवंशीले २ रन जोडे। दीपेन्द्रसिंह ऐरी भने शून्यमै आउट भए ।
कुबेतका लागि मोहम्मद असलम र अदनान इद्रिसले समान तीन/तीन विकेट लिए । सैयद मोनिब र यासिन पटेलको नाममा एक/एक विकेट रह्यो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |