

नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा आज कुवेतसँगको खेल वर्षाले रद्द भए पनि नेपाल फाइनलमा पुगेको छ ।
नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभर ३ बलको खेल सकिँदा कुवेतले ६ विकेट गुमाएर ३७ रन बनाएको अवस्थामा पानी परेपछि खेल रद्द हुँदा नेपाल विजयी भएको हो । नेपालका करण केसीले पाँच विकेट लिएका छन् । करणले ४ ओभर ३ बलमा १० रन दिएर पाँच विकेट लिएका हुन् ।
यसअघि त्रिवी क्रिकेट मैदानमा पानी परेर ४२ ओभरमा झारिएको खेलमा नेपालले ९ विकेट गुमाएर २ सय ८० रन बनायो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ९४ रन बनाए । यस्तै, कुशल मल्लले ५७, कुशल भुर्तेलले ४३, आशिफ शेखले ३१, आरिफ शेखले १९ र सन्दीप लामिछानेले ५ रन बनाए । यस्तै सोमपाल कामीले १२, ललित राजवंशीले २, भीम सार्की १ रनमा आउट हुँदा दीपेन्द्रसिँह ऐरीले खाता खोल्न पनि सकेनन् । कुवेतका मोहम्मद अस्लाम र अदान इद्रिसले २/२ विकेट लिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |