

घरेलु टोली नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो । यससँगै नेपाल एसिया कपमा छनोट भएको छ ।
एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र नेपाल समूह ‘ए’मा तथा समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् । जुन प्रतियोगिता सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ ।
मंगलबारबाट सुरु भएको फाइनल खेल वर्षापछि रोकिएर बुधबार पुन: सुरु भएको हो । जसमा यूएईले ११८ रनको सामान्य लक्ष्य दिएको थियो । लक्ष्य पुरा गर्न ब्याटिङ थालेको नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।
नेपालका लागि युवा ब्याटर गुल्सान झाले अर्धशतकिय पारी खेले । उनले ८४ बलमा ३ चौका र ६ छक्काको मद्धतमा ६७ रनको योगदान गरे । कुनैबेला २३ रन जोड्दा ३ विकेट गुमाएको नेपाललाई गुल्सानले उद्धार गरे । उनलाई क्रिजमा राम्रो साथ दिएका भीम सार्कीले ३६ रन बनाए ।
यस्तै, दोस्रो ओभरको दोस्रो बलमा कुशल भुर्तेल १ रन बनाएर आउट भए। सातौँ ओभरको पहिलो बलमा आशिफ शेख ८ रनमा आउट भए। कप्तान रोहित पौडेल पनि १ रनमा बोल्ड आउट भए।
यूएईका लागि रोहन मुस्तफाले दुई विकेट लिए । आयान अफजल खानको नाममा एक विकेट रह्यो ।
यसअघि टस हारेर ब्याटिङ थालेको यूएईले ३३.१ ओभरमा १० विकेट गुमाउँदै ११७ रन बनाएको थियो ।
युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४६ रन बनाए । ओपनर आर्यान लाक्राले २८ बलमा २३ रन बनाए । वसिल हमिद र आसिफ खानले छैटौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए ।
वासिलले २७ बलमा १० रन बनाएका थिए । कप्तान तथा ओपनर मुहम्मद वासिमले १ चौका र १ छक्काको सहयोगमा ८ बलमा ११ रन बनाए ।
नेपालका लागि ललित राजवंशीले ४, करण केसी र सन्दीप लामिछानेले २–२ तथा सोमपाल कामी र गुलसन झाले १–१ विकेट लिएका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |