

धादिङ,१२ ज्येष्ठ।
दोस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष भलिबलमा धादिङले रजतपदक हासिल गरेको छ ।
बिहीबार हेटौंडास्थित हुप्राचौर खेल मैदानमा भएको फाईनल खेलमा चितवनले धादिङलाई ३–१ को सेटमा पराजित गर्यो ।
चितवनले धादिङमाथि २५–१७, २२–२५, २८–२६ र २५–१८ को जित निकाल्दै स्वर्णपदक जितेको छ ।त्यस्तै सिन्धुलीलाई २–१ को सेटमा पराजित गर्दै काठमाडौंले कास्यपदक हात पारेको छ ।
यसैगरी महिला भलिबलतर्फ भने काठमाडौंले स्वर्ण पदक जितेको छ । काठमाडौंले दोलखालाई २५–५, २५–६ र २५–१२ ले हराउदै स्वर्ण जितेको हो। महिला भलिबलमा चितवनले धादिङलाई २–० को सेटमा पराजित गर्दै कास्यपदक हात पारेको छ ।
प्रतियोगितामा पुरुषतर्फ चितवनका नवीन महतो र महिलामा काठमाडौंकी सलिना बुढा मगर उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा चितवनका रमेशचन्द्र विक उत्कृष्ट प्रशिक्षक चयन भए ।
विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा धादिङका मनोज श्रेष्ठ, सेटरमा चितवनका मञ्जिल गुरुङ, ब्लकरमा चितवनकै सुरेश महतो, लिबेरोमा चितवनका समीर थापा, सर्भरमा धादिङका अमन आले उत्कृष्ट घोषित भए ।
महिलामा काठमाडौंका कुमार राई उत्कृष्ट प्रशिक्षक चयन भए । महिलाको विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा चितवनकी आरती सुबेदी, सेटरमा काठमाडौंका भावना तामाङ, ब्लकरमा काठमाडौंकी सुमित्रा रेग्मी, लिबेरोमा काठमाडौंकी एन्जिला प्रधान र सर्भरमा काठमाडौंकी निसा महर उत्कृष्ट भए ।
विजेता खेलाडीलाई बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले पुरस्कृत गरेका थिए ।तस्विर:विदुर ईटनी





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |