

काठमाडौं,२९ साउन ।
एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ। सोमबार नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो ।
पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसिया कप क्रिकेट अगष्ट ३१ मा सुरु हुँदैछ । उक्त प्रतियोगितामा नेपाल भारत र पाकिस्तान रहेको समूह ए मा छ ।
नेपालले पहिलो खेल पाकिस्तानसँग अगष्ट ३१ मा मुल्तानमा खेल्नेछ एसिया कपअघि नेपाल टिमले पाकिस्तानमा एक साता तयारी गर्ने क्यानले जनाएको छ । जसमा नेपालले केही अभ्यास खेल पनि खेल्नेछ ।
यी हुन् १७ सदस्यीय टोली
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल ।file photo





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |