धादिङ । रामेछापमा भएको बागमती प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता धादिङले जितेको छ।
रामेछापको जिसस प्राङगण मन्थलीमा आज भएको फाइनलमा रामेछापलाई ३–२ को सेटमा पराजित गर्दै धादिङले उपाधि जितेको हो।
अधिकांश समय अङ्कमा अग्रता लिएको रामेछापले पहिलो सेट २५–२२ ले जित्दा दोस्रो सेटमा धादिङले २५–२२ को जित हात पा¥यो । तेस्रो सेटमा धादिङ हावी भयो र २५–१४ को सहज जित हात पा¥यो।
चौथो सेट रामेछापले पुनरागमन गर्दै २५–२३ ले जितेर खेललाई अन्तिम सेटमा पु¥यायो।निर्णायक सेट धादिङले १५–१२ ले जित्दै उपाधि जितेको हो।
समुह बि मा रहेको धादिङले चितवनलाई पराजित गर्दै समुह बिजेता बनेर क्वाटरफाईनल पुगेको थियो भने क्वाटरफाईनलमा सिन्धुलीलाई जित्दै सेमिफानल प्रवेश गरेको थियो ।सेमिफानलमा ललितपुरलाई हराउदै फाईनल पुगेको धादिङले उपाधी जितेको हो ।
यो सँगै उपाधि विजेता धादिङले नगद २ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएकोे छ।
दोस्रो भएको रामेछापले १ लाख ५० हजार, तृतिय भएको नुवाकोटले १ लाख र सान्तवना टिम ललितपुरले ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ।
नेपाल विद्यार्थी संघ रामेछापको आयोजनामा भएको प्रतियोगितामा बागमती प्रदेशभित्रका १० जिल्ला सहभागी थिए ।
धादिङ टिममा मनोज श्रेष्ठको कप्तानीमा रविन नगरकोटी, शरण सामरी, अमन आले मगर, विदुर इटनी, बुद्धिमान तामाङ, योहाङ तामाङ, प्रदिप मगर र मोहन तामाङ रहेका थिए भने टिम कोचमा बिरु लामा रहेका थिए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |