

धादिङ । युएस ओपन कराते च्याम्पियनसिपमा धादिङको नीलकण्ठ नगरपालिका–१३ लाहुरे गाउँकी एरिका गुरुङले दुई पदक जितेकी छिन्।
उनले टेक्सासमा भएको च्याम्पियनसिपमा यू–२१ को ६८ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् । एरिकाले यू–२१ को फाइनलमा क्यानडाकी खेलाडीलाई ९–० ले पराजित गरिन्।
यस्तै सिनियर इलिटको प्रतिस्पर्धामा भने एरिका फाइनलमा पराजित भइन्। उनले अमेरिकाकी खेलाडीसँग ३–२ को पराजय भोग्दा रजत जितिन्।
गत असोजमा चीनमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल भएकी थिइन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |