

काठमाण्डौ । दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक भएको छ।
२०८२ साल जेठ ३ देखि १० गतेसम्म हुने कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलबार सार्वजनिक गरिएको हो।
ललितपुरको सातदोबाटोमा रहेको अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो तथा राखेपका उपाध्यक्ष ध्रुव आचार्यले मस्कट सार्वजनिक गर्नुभएको हो।
राष्ट्रिय खेलकुदको लोगोमा कर्णाली नदी, नेपालको झण्डा, सात प्रदेश र खेलाडी, हिमाल, पहाड र तराई तथा शान्तिको प्रतिक परेवा समेटिएको छ।
कर्णाली प्रदेशमा पाइने दुर्लभ जनवार हाबे्र रेड पाण्डालाई मस्कटका रुपमा प्रयोग गरिएको छ। लोगो र मस्कट विकास तमखुले तयार गर्नुभएको हो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |