Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण ८, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)

५ घण्टा अघि
२

फेरि पहिलो स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङ

१ दिन अघि
३

लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ

२ दिन अघि
४

धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे

२ दिन अघि
५

धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए

२ दिन अघि
६

धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द

२ दिन अघि
७

विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

३ दिन अघि
८

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

४ दिन अघि
९

६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

४ दिन अघि
१०

नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

४ दिन अघि
११

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

४ दिन अघि
१२

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

५ दिन अघि

धेरै पढिएका

१

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

१ महिना अघि
२

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

३ हफ्ता अघि
३

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

५ दिन अघि
४

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

४ दिन अघि
५

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

२ हफ्ता अघि
६

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

४ दिन अघि
७

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

३ हफ्ता अघि
८

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

३ हफ्ता अघि
९

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

३ हफ्ता अघि
१०

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

१ हफ्ता अघि
११

सिद्धलेकको सुकौराबेसीमा असारे रोपाइँको रौनक : रैथाने संस्कृति जोगाउन हलगोरुसहित सामूहिक धान रोपाइँ

३ हफ्ता अघि
१२

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

१ हफ्ता अघि

षडानन्दले आलु खाएनन्

  • बागमती कलम
  • ६४९ पटक पढिएको
  • प्रकाशित मिति: २०८० अषाढ २, शनिबार (३ साल अघि)
षडानन्दले आलु खाएनन्

धादिङ,०२ आषाढ ।
प्रदीप कोइराला

उसो त हिउदयाम भरि षडानन्दको घरमा कोहि पनि पाहुना आउदै आएनन।

ति दिनहरुमा षडानन्द कोहि न कोहि पाहुनाको विशेष प्रतिक्षामा रहेका हुन्थे।

बर्खा सक्कीए लगत्तै चाडवाड तथा हिउदको लागि आवश्यक सरसामानको जोहो गर्न हप्ता दिन अघि बेचबिखन गर्ने अन्नपात लादिएको चुली डोकोको भारी तालुमा अड्याएर एक झुण्ड गाउँले सहित नेपाल हानिएका षडानन्द बल्ल घर फिरे । पिढिको डिलमा टुसुक्क डोको बिसाए पछी खुइय गरेर लामो सास फेरे ।

घर देखि नेपाल र नेपाल देखि घरसम्म भारी बोकेर एकहप्ता सम्मको निरन्तर यात्रामा तल्लीन शरिरको शिथिलतालाइ मतलब नै नगरि उनले नेपालमा किनेर डोकामा खात लगाइ राखिएका एकाएक सामानहरु निकाल्दै पिढिमा असरल्ल फिउजाउन थाले । छेउमै अम्खरामा पानी बोकेर उभिइरहेकि उनकि बाहुनि कौतुहलता र आशमा बुढाको पारा हेर्दै गइन ।

सवै सामानहरु लाई पिडी भर फैलाएपछि षडानन्दले डोकोको पिधबाट नया मजेत्रोमा गाठो पारिएको पोको आफ्नी बाहुनिको हातमा थम्याउदै जतनका साथ राख्न सुझाए ।बडो आश्चर्य र कौतुहलताका साथ बुढाले आफूतिर पसारेको पोको समाउँदै काइली बज्यैले आफ्नो खसमको अनुहारमा एकटकले हेरिरहिन् ।

असरल्ल पारिएका सामानहरुलाई यथास्थितिमा छाडेर षडानन्द फलैंचामा उक्लिएर लखतरान शरीरलाई बिसाउँदै सुस्ताउन लागे। कोही नबोली उनको क्रियाकलाप हेरिरहेको उनकी श्रीमती बज्यै अब भने भुइँमा फिजारिएका सामानहरूलाई एकाएक सम्हालेर थनक्याउन तर्फ लागिन् ।

सवै सामानहरुलाई थनक्याई सकेपछि काइली बज्यैले बडो कौतुहलताका साथ हतार हतार आफूलाई दिइएको मजेत्रोको पोको खोलेर हेरिन् । त्यस मजेत्रो भित्र हल्का गुलावी रंगका एक धार्नी जती आलुहरु पोको पारिएका रहेछन् । आफू माछा मासु नखाने भएर होला चाडबाडमा आलु को तरकारी खान पाउने रहरमा खुशी हुँदै बज्यैले ति आलुहरुलाई माथिल्लो तलाको धानको ढुकुटी नजिकै चाल्नुमा बडो हिफाजतका साथ फिजाएर राखिदिइन्।

ति दिनहरुमा पहाडमा आलु फलाउने चलन थिएन। पहाडमा आलु उपभोग गर्न नेपालबाट नै बोकेरै लेराउनु पर्दथ्यो। तसर्थ पहाडमा आलुको उपस्थिति दुर्लभ नै थियो। त्यसैले गाउँमा घरमा आलु राखेका परिवारहरूको इज्जत पनि ठूलै थियो । त्यो बेलामा गाउँका ऐरे – गैरेहरुको फोगटमा आलुको स्वाद चाख्ने हैसियत स्थापित बनी सकेको हुदैन थियो।

घरमा आलु साँचेर राख्ने मान्छेहरुलाई गाउभरका मान्छेहरुले खुव इज्जत दिएर तारिफ गर्दथे। आलुले उनीहरूको इज्जत र प्रतिष्ठाको उचाइलाई ह्वात्तै बढाउथ्यो । उसो त उतिबेला घरमा आएका पाहुनाहरुलाई आलु तरकारी पस्किएर खुवाउने मान्छेको प्रतिष्ठा निकै नै उच्च हुनेथियो भने आलु खाएर जिब्रो रसस्वादन गर्ने पाहुनाहरुले समेत आफूलाई पाहुना स्वागतको राम्रै खातिरदारी दिइएको महसुस गर्दथे। पाहुना लाग्न जाने हरु पानि प्राय खानामा आलुको केही न केही परिकार लेराइदिए हुन्थ्यो भन्ने आशा जाग्दथ्यो ।

यसर्थ समाजमा आलुको अस्तित्वलाई सामाजिक मान ,प्रतिष्ठा ,रवाफ र धाकको एउटा नमुनाको रुपमा स्थापीत गराइएको थियो। मौसम अनुकूल उत्पादन गरिने स्थानीय तरकारीहरुको वीचमा आलुले निकै उच्च स्थानको रवाफीलो हैसियत स्थापित गरेको थियो ।

एकातर्फ गाउँमा अन्य तरकारीहरुको तुलनामा आलुको हैसियतले राम्रै स्थान ओगटेका हुँदाहुँदै पनि नेपाल उक्लिएर आफूले बोकी ल्याएको मास , चामल लगाएतका अन्य खाद्य सामग्रीहरू नरदेवी निवासी साहिला वाडाको पसलमा बेची हिउँदे सर सामानको जोहो गर्न बजार निस्किएका ढाक्रेहरुको प्राथमिकतामा भने आलुको स्थान निकै कम थियो ।

डोकोमा अन्य अत्यावश्यक सामानहरु हालिसकेपछि केही स्थान खाली भएको अवस्था र गोजीमा केहि सिक्का बचत भएको अवस्थामा मात्र आलुले काठमाण्डौबाट पहाडमा झर्ने मौका पाउँदथे।

नत्र पहाडको लागि आलुको स्वाद नेपाल गएका ढाक्रेहरुको जिब्रोसम्म मात्र सीमित रहन्थ्यो। जे होस् यो साल आलुले षडानन्दको डोकोमा भने गति लै ठाउँ ओगाटेको थियो। घरमा आलु भित्र्याए सँगै समाजमा बढ्ने रवाफ र प्रतिष्ठा को रहर झाँगिए पछि डोकोलाई थिचेको आलुको बोझलाई समेत षडानन्द ले कुनै परवाह गरेका थिएन।

उक्त हिउँदयाममा कोही न कोही पाहुनालाई आलु तरकारीले आतिथ्य सत्कार गरेर आलु खुवाउन सक्ने व्यक्तिको रुपमा रवाफ फिजाउने अवसरको अपेक्षा गरेका षडानन्दले मनको धोको मेटाउने अवसर पाउँदै पाएनन् । बित्दै गरेको दिनहरु र चाउरिदै गरेका आलुहरु वीचको बैरिभावको रेखाले षडानन्दलाई बडो विखालवान्दिमा परिरहेको थियो ।

हिउँद अझै कसिलो सँग छिप्पदै थियो , चाल्नाभरी फिजारिएका आलुहरुले चाउरिएर आधा आयतनको रूप धारण गरिसकेका थिए । आलुको छाला चाहुरिए सँगै षडानन्दको मनोकांक्षा पनि साघुरिदै गएको थियो। पाहुनालाई आलुको तरकारी खुवाएर अन्य गाउँहरूमा समेत आलु खुवाउन सक्ने व्यक्तित्वको छवि बनाएका एकाध गाउँलेहरु कै हाराहारीमा आफ्नो परिचयलाई उभ्याउने षडानन्द को चाहना आलु चाउरिए जसरी गइरहेको थियो।

काम विशेषले काइली बज्यै माथिल्लो तलामा उक्लिईन्। ह्वास्स आएको नमिठो गन्धले एकाएक उनको नाक भरिदियो। फोक्सा नै छेड्ने यस्ता दूषित गन्ध सायद विरालोको काट्टो हुनसक्ने कुराको लख काटिन। दिग्दारी र वेचैनिकाका साथ बज्यैले उक्त तलाको हरेक कुनामा मसिनो गरी आँखा दौडाईन तर केही देख्न सकिनन्।

अनायासै उनले आँखाले चाल्निमा फिजारिराखेको आलुको थुप्रोमा पुग्यो। उनी विस्तारै आलु नजिक गएर आलु लाई ओर्काई फर्काई हेरिरहीन्। एकछिन पछि उनी बचे खुचेको आलु केलाएर टुक्र्याउन थालिन्। त्यसपछि त्यसलाई भान्सामा लागेर मस्यौरा मिसाएर बडो हिफाजत का साथ पकाइन् र आज बिहानको भोजनमा आफ्नो खसमलाई स्नेहपूर्वक त्यही आलुको तरकारी पस्कने विचार गरिन्।

काम विशेषले बाहिर गएका षडानन्द विहानी प्रहरको समाप्ति सगै घर आइपुगे। श्रीमतीबाट भान्साको लागि विशेष आमन्त्रण प्राप्त गरे सकेपछि टाटना बाट धोती निकालेर पहिरिए अनि अंखोराबाट पानी खन्याएर हात मुख धोई भान्सामा छिरे। कासको थालमा र कचौरामा श्रीमतीले भात र दाल अगाडि पस्केर राखिदिइन्।

षडानन्द अंखोराको पानी हातमा हालेर थालको वरिपरि पनि घेरा बनाउँदै मन्त्रोच्चारणका साथ औशनि हाल्न थाले। त्यसपछि श्रीमतीले बडो आदर भाव र स्नेहका साथ कास को कचौरा भरेर आलु र मस्यौराको तरकारी अगाडि सारिदिइन। मुखमा भातको गास हाल्न लागेको षडानन्दको हात एक्कासी रोकियो।

अघि सम्म कान्ति फैलिएको उनको मुहारमा एकाएक क्रोधले रजाइगर्न थाल्यो। बडो कौतुहलतामा मन्द मुस्कानका साथ श्रीमानको मुहारमा आलु खाँदा देखिने खुशीका धर्साहरु नियाल्न एकटकले उनैको मुहार हेरिरहेकी काइली बज्यैको अनुहार त्रासमय भावमा कालोनिलो देखियो। ठूला ठूला आँखा पारेर षडानन्दले क्रोधित चेहरामा घरी तरकारी त घरी श्रीमतीको अनुहारलाई नियाल्न थाले। हठात् श्रीमानको रौद्र स्वरूप देखेर काइली बज्यै बडो विस्मातमा परिन्।

उनीलाई के बोलूँ के नबोलु भयो । श्रीमानको मुहारबाट आँखा हटाएर एकटकले भुइँमा मात्र हेरिरहिन्। महिनौदेखि आलुसँगै साँचेर राखिएको षडानन्द रवाफको सोखको मतलव अब एकाएक अवशान हुन पुगेको थियो। गाउँमा आलुले स्थापित गरिदिएको एकाध व्यक्तिको सामाजिक हैसियतसंग आफूलाई पनि बराबरी गर्ने षडानन्द को अठोट गर्ल्याम्म ढलेको थियो ।

केही नबोली पस्किएको खाना छोडेर उनी जुरुक्क उठे र रछ्यानमा गएर हात पखाले। त्यसपछि चिसै हात लिएर बस्तुभाउ फुकाउँदै गोठाला तर्फ लागे। पश्चातापको रागमा पिल्सिएर काइली सुक्क सुक्क गर्दै भान्छामा छरपस्ट रहेका भाँडाहरू थन्क्याउन तर्फ लागिन्।
(लेखक हाल एउटा सरकारी विद्यालयको अङ्ग्रेजी भाषाको शिक्षक हुनुहुन्छ)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Oli Lekhak pakrau sambandhi Artical.jpg

    ओली-लेखक पक्राउ: न्यायको अभ्युदय कि,राजनीतिक प्रतिशोधको नयाँ अध्याय ?

  • suresh-aryal-dhd

    `प्रेमको पाण्डुलिपि´

  • kesab rupakheti

    वर्तमानको माग राजनीतिक दलभित्र रुपान्तरण कि पुस्तान्तरण ?

  • 2

    कम्पनीको साधारण सभा यस कारण आवश्यक

  • समाचार
  • १

    धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)
    ५ घण्टा अघि

  • २

    फेरि पहिलो स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङ
    १ दिन अघि

  • ३

    लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ
    २ दिन अघि

  • ४

    धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे
    २ दिन अघि

  • ५

    धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए
    २ दिन अघि

  • ६

    धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द
    २ दिन अघि

  • ७

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै
    ३ दिन अघि

  • ८

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ
    ४ दिन अघि

  • ९

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड
    ४ दिन अघि

  • १०

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution