

धादिङ,०६ श्रावण।
बद्रीनाथ गैह्रे
यस्तै रहेछ जिन्दगी
रहरलाई बाध्यताले जित्नुपर्छ
मनलाई मस्तिष्कले जित्नुपर्छ
अपेक्षा र उपलब्धिबीचको द्वन्द्वलाई
आत्मसन्तुष्टिले जित्नुपर्छ।
यस्तै रहेछ जिन्दगी
एक मुस्कान हाँसोमा हजार पीडा भुल्नुपर्छ
एउटा फल फलाउन सयौं फूल फुल्नुपर्छ
आज यहाँ भोली कहाँ कुनै ठेगान छैन
अनेक हण्डर खाँदै यत्रतत्र डुल्नुपर्छ।
यस्तै रहेछ जिन्दगी
एउटा खुशी बनाउँदा अर्को रिसाउँछन्
आफ्नो सुन्ने कोहि हुन्न उनकै मात्रै बिसाउँछन्
सबको चित्त बुझाउन दैव पनि सक्षम छैनन्
हुन त शान्त सागर भेट्नकै लागि लाखौं खहरे सुसाउँछन्।
यस्तै रहेछ जिन्दगी
टपक्क फल टिप्नेलाई के थाहा
फल्नका लागि कति मलजल गर्नुपर्छ
बाहिरी मुस्कान देखेर बोल्नेलाई के थाहा
पीडा लुकाउनका लागि पलपल मर्नुपर्छ।
यस्तै रहेछ जिन्दगी
कोही बाँच्नकै लागि मरिरहेछन्
कोहि मर्नकै लागि बाँचिरहेछन्
जो बाँच्छन् अनन्त अरूको नजरमा
उनैले अरूको खाँतिर आफ्ना सपना साँचिरहेछन्।
यस्तै रहेछ जिन्दगी
भनेर हैन अब यस्तो हुनुपर्छ है जिन्दगी भन्नुस
आँशुका थोपा हैन साना साना खुशीका पल गन्नुस
सद्विचार, सत्प्रयास र सत्कर्मलाई आत्मासात गर्दै
अरूको पछि लाग्नै हैन आफ्नै सुरमा हिडनुस्।
(लेखक बद्रीनाथ गैह्रे धादिङका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ।)





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |