Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण ८, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)

५ घण्टा अघि
२

फेरि पहिलो स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङ

१ दिन अघि
३

लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ

२ दिन अघि
४

धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे

२ दिन अघि
५

धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए

२ दिन अघि
६

धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द

२ दिन अघि
७

विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

३ दिन अघि
८

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

४ दिन अघि
९

६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

४ दिन अघि
१०

नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

४ दिन अघि
११

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

४ दिन अघि
१२

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

५ दिन अघि

धेरै पढिएका

१

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

१ महिना अघि
२

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

३ हफ्ता अघि
३

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

५ दिन अघि
४

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

४ दिन अघि
५

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

२ हफ्ता अघि
६

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

४ दिन अघि
७

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

३ हफ्ता अघि
८

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

३ हफ्ता अघि
९

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

३ हफ्ता अघि
१०

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

१ हफ्ता अघि
११

सिद्धलेकको सुकौराबेसीमा असारे रोपाइँको रौनक : रैथाने संस्कृति जोगाउन हलगोरुसहित सामूहिक धान रोपाइँ

३ हफ्ता अघि
१२

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

१ हफ्ता अघि

बिद्यालयमा अभिभावकहरुको सहभगिता के, किन र कसरी ?

  • बागमती कलम
  • ७७५ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ फागुन १८, आईतबार (१ साल अघि)
बिद्यालयमा अभिभावकहरुको सहभगिता के, किन र कसरी ?

दामोदर अर्याल
कार्यकारी निर्देशक
प्रयास नेपाल,धादिङ

  • बिषय प्रवेश

विद्यालय संचालनको प्रमुख जिम्मेवारी विद्यालयको व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक र शिक्षकहरूको हुन्छ ।

यस अलावा विद्यालयको नीति निर्माण, योजना तर्जुमा र कार्यक्रम सञ्चालनमा बालबालिका, परिवार, समुदाय र बिद्यालयकोे सक्रिय एवं निरन्तर साझेदारीता र सहकार्य आवश्यक हुन्छ ।

विद्यालयमा सञ्चालन हुने हरेक क्रियाकलापहरूमा बालबालिकाहरूको सहभागिता पनि अनिवार्य रुपमा हुनु पर्दछ । बालबालिकाहरूको शिक्षा लगायत अन्य पक्षको विकासमा अभिभावकको पनि उत्तिकै योगदान रहेको हुन्छ ।

अभिभावकको सहयोग बिना नत बालबालिकालाई विद्यालयसम्म ल्याउन सकिन्छ नत विद्यार्थीहरुलाई विद्यालयमा टिकाइ राख्न सकिन्छ । विद्यालयले बालबालिकाहरूको उचित एवं चौतर्फी विकासका लागि अभिभावकहरूसंग प्रत्यक्ष सम्पर्क राखी काम गर्नु/गराउनु पर्दछ ।

अभिभावकहरूलाई विद्यालयमा भेला गराई सञ्चालित कार्यक्रमहरूबारे जानकारी दिनु/दिलाउनु पर्दछ, अभिभावकहरूलाई आफना बालबालिकाहरूको प्रगति बारे जानकारी लिन प्रोत्साहित गर्नु पर्दछ र बालबालिकाहरूमा कुनै व्यक्तिगत समस्या भए सम्बन्धित अभिभावकसँग सम्पर्क गरी सामुहिक रूपमा समस्याको समाधान गर्न प्रयत्न गर्नु गराउनु पर्दछ ।

यस बाहेक विद्यालय सुधार योजना निर्माण गर्दा/गराउँदा बढी भन्दा बढी अभिभावकहरूको सक्रिय सहभागीतामा गराउनु पर्दछ। साथै अभिभावक–शिक्षक संघको गठन एवं सक्रिय रुपमा सञ्चालन गरेर अभिभावकहरूको सहभागिता सुनिश्चित गर्नु/गराउनु पर्दछ ।

बालबच्चाले गर्ने काममा सहयोग प्राप्त ग¥यो भने बालबच्चाले आफुलाई सजिलो भएको अनुभव गर्छ र साथसाथै उसले सुरक्षाकोे पनि अनुभव गर्छ । अभिभावकको सहयोग पाएमा बालबच्चाहरुको सिकाई क्षमतामा महत्वपूर्ण सहयोग पुग्छ ।

बालबालिकाको विकासको लागि अभिभावक वा स्याहारकर्ताको सहयोगको बढी जरुरी पर्छ । उनीहरुको विकास र सच्चरित्रताको लागि बढी मात्रामा हेरचाहले भूमिका खेल्छ ।

त्यसैले बालबालिकाको प्रत्येक पक्षको विकास गराउन अभिभावक वा स्याहारकर्ताले एक उत्प्रेरक भई कार्य गरेमा सजिलै सिक्ने र (यथोचित रुपमा) स्तरअनुसार विकास हुन सहयोग पुग्दछ ।

बाबुआमा र अन्य अभिभावकले बच्चाको व्यवहारमा दिक्क मान्नु हुँदैन । बाबु आमालाई बच्चाको स्वभाव र बच्चालाई कसरी व्यवहार गर्नुपर्छ भन्ने ज्ञान भएमा अभिभावकले बच्चालाई पिट्ने र दिक्क मान्ने सम्भावना कम हुन्छ बरु त्यसको सट्टा आमाले बच्चासँग भएको सामान फकाएर लिने र खेल्नलाई अर्को वस्तु दिने गर्न सक्छिन् ।

तर बच्चाको व्यवहार बारे नजान्ने आमा बाबु वा अभिभावकले बच्चासँग यस्तो प्रतिक्रिया र व्यवहार गर्दछन् । जसले गर्दा बच्चामा नराम्रो प्रभाव पर्न जान्छ ।

कुनै पनि विद्यालयको समुदाय भन्नाले प्रथमतः विद्यालय रहेको क्षेत्र वरिपरि बसोबास गर्ने व्यक्तिहरू,संघसंस्था एवं सेवा प्रदायकहरू बुझिन्छ ।विद्यालयको हकमा भने गुणस्तरीय शिक्षण-सिकाइ क्रियाकलापका अतिरिक्त बालबालिकाहरूको स्वास्थ्य, पोषण र सुरक्षा विषयमा पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ र साथसाथै अभिभावक एवं सघं,संस्था र सेवा प्रदायकहरूको सहभागिता पनि जुटाउनु पर्दछ ।

बिद्यालयमा अभिभावक शिक्षा आवश्यक पर्नुको मुख्य कारणहरु :

– बच्चाको जीवन सुरक्षा गर्ने, बच्चाको चौतर्फी विकास गराउने र बच्चाको आनी बानी राम्रो बानीलाई बेलैमा राम्रो बनाउन अभिभावकलाई बच्चाको विकासमा कसरी सहयोग गर्ने भन्ने राम्रो ज्ञान हुनु जरुरी छ।

– बच्चाका लालन–पालन र पोषणमा बाबुआमा दुवैको बराबर भूमिका हुन्छ। त्यसैले बाबुआमा दुवैलाई बालबालिका हुर्काउने जिम्मेवारी बराबर वहन गर्न सक्षम बनाउन आवश्यक छ ।

– बच्चाको उमेर अनुसार बच्चाको आवश्यकता फरक फरक हुन्छ। त्यसैले बच्चाको उमेर अनुसार सहयोग गर्ने क्षमताको विकास गर्नको लागि पनि अभिभावक शिक्षाको आवश्यकता छ।

– बाल आवश्यकता पूरा गरी बाल अधिार संरक्षण गर्न अभिभावक शिक्षाको ज्यादै आवश्यकता छ।

– हरेक बालबालिकाले आमाबाबुको माया–ममता, स्याहार प्राप्त गरी प्रारम्भिक बाल्यावस्थामा शारीरिक, मानसिक, बौद्धिक सामाजिक, नैतिक र भाषिक विकास गर्ने मौका प्राप्त गर्ने अवसर प्रदान गर्न पनि अभिभावक शिक्षाको नितान्त आवश्यकता छ ।

– गाउँमा हुने अन्य विकासको कार्यक्रमहरु जस्तै बालबालिकाको विकास पनि एउटा महत्वपूर्ण कार्यक्रम हो । यसमा बच्चाको आमाबाबुको भूमिका महत्वपूर्ण हुन्छ । छोराछोरीको विकास कार्यमा आमाबाबु दुवै बराबर संलग्न हुन जरुरी छ ।

  • के हाम्रा बिद्यालयहरुमा अभिावकहरुको अर्थपुर्ण सहभागीता छ त ?

हाम्रा बिद्यालयहरुमा त अभिभावक प्रति गुनासा नै गुनासोका स्वरहरु गञ्जीरहेको सुनिन्छ ।

अभिभावकहरु प्रति देखिने सुनिने समस्याहरु अभिभावकले बिद्यालयलाई वास्ता गरेनन्, अभिभावकलाई चासै छैन्, अभिभावकमा चेतना छैन, लाउँदा आउँदैनन्, आए समयमा आउँदैनन्, पुरा समय बस्दैनन्, छात्रवृत्ति वा अन्य सुविधा लिन आउँछन् ,दलित र जनजाती मात्र छन्, कापी पेन्सिल नदिई स्कुल पठाउँछन्, खान नदिई स्कुल पठाउँछन् ,छोराछोरीको पढाइमा मतलबै छैन आदि आदि ।

अब बिद्यालय प्रशासनलाई एउटा जिज्ञासा के तेसो भए अभिभभावक फेर्न सकिन्छ ?, नसकेर, नबुझेर हाम्रोमा पठाएका हुन कि?, के उनीहरु रहरले नै यसो गरेका हुन त ?, चेतना नभएर,हाम्रा कुरा नबुझ्ने भएर ?, फुर्सद नभएर, विद्यालय किन जानुपर्छ भन्ने थाहा नभएर ?, नजादा के हुन्छ भन्ने थाहा नभएर, ’जाँदा के हुन्छ भन्ने पनि थाहा नभएर ? वा रहरले नआएका होलान ? अभिभावक सहभागिता भएन,चासो दिएनन् ,समस्या हो वा होइन सहभागिता नभएर के भयो ? भए के हुन्थ्यो ?

यस बिषयमा बिद्यालय प्रशासनको धारणा के छ ? हामी सुधार पनि चाहन्छौ कि गुनासा नै गुनासो मात्रै यदि हामीले हाम्रो बिद्यालय राम्रो बिद्यालय बनायन चाहन्छौ भने अव बिद्यालयमा अभिभावकहरुको अर्थपुर्ण सहभागीतामा बिलम्ब गर्नु हुँदैन।

किनकी अलि अलि दाम भएका र कुरा बुझेका अभिभावकहरुले हामीलाई पत्याउन छोडीसके हाम्रो सामुदायिक बिद्यालयहरुको शैक्षिक उपलब्धीहरुले गर्दा अभिभावकहरुमा बिश्वासिलो वातावरण दिन सकेको छैन र अभिभावकहरु आफ्ना बालबालिकाहरुको शिक्षाको बिषयमा लगानी गर्न नहिचकिचाउने भई सकेको अवस्था छ तर हाम्रा बिद्यालयको पढाइ प्रति विश्वास जागृत गर्न र बालबालिकाहरुमा शैक्षिक उपलब्धी बृद्धि गर्न चुकेको एउटा महत्वपुर्ण पक्ष हो अभिभावक शिक्षा ।

  • अभिावकहरुको अर्थपुर्ण सहभागीता कसरी गराउन सकिन्छ त ?

– कुनै पनि अभिभावकको संलग्नता तथा प्रोत्साहनले बालबालिकाको विद्यालय प्रतिको मनोवृत्ति, आत्मविश्वास, कक्षाकोठामा बालबालिकाले प्रस्तुत गर्ने व्यवहार र पढाइप्रतिको लगावमा प्रभाव पार्न सक्छ, प्रत्येक अभिभावकले उनीहरूको छोराछोरीले पढेको हेर्न चाहन्छन्, तर अफ्ना छोराछोरीलाई सहयोग गर्न उनीहरूले के गर्न सक्छन् र कसरी सहयोग गर्न सक्छन् भन्ने विषयमा शिक्षकहरूबाट मार्ग दर्शन चाहिन्छ, जब शिक्षकहरूले अभिभावकहरूलाई संलग्न गराउन सक्रिय रूपमा भूमिका खेल्छन्, तब मात्र अभिभावकको महत्त्वपूर्ण संलग्नता रहन्छ ।

शिक्षकहरूलाई पढाउने सिपको आवश्यकता परे झैँ, अभिभावकसँग प्रभावकारी रूपमा सञ्चार गर्न उनीहरूलाई ज्ञान र सिपको आवश्यकता पर्दछ ।अभिभावक सहभागितालाई विद्यालयको नियमित क्रियाकलापमा राखेर प्रणाली बसाउन सकियाला,अभिभावक सहभागितालाई विद्यालयका विभिन्न क्रियाकलापमा सक्रिय गराएर अभिभावकको सहभागिता र प्रभावकारीता बढाउन सकिन्छ ।

– विद्यालयले के कुराहरुमा ध्यान दिदा अभिभावकको सहभागिता र प्रभावकारीता बढाउन सकिन्छ कि ? शैक्षिक सत्रको शुरुमा नै वर्षभरी योजना तयार गरी कहिले कहिले अभिभावक भेला वैठक बस्ने जहाँ अभिभावकहरु बिद्यालय आउनु पर्छ गरेर जानकारी दिने व्यबस्था,वैठक कतिबेला बस्ने र कति समय बस्ने स्पस्ट हुने गरी जानकारी दिने प्रणाली बसाउने ,व्यवस्थापन समिति गठन भएपछी विद्यालयले व्यवस्थापन समितिबाट के चाहन्छ खुला अन्तरक्रिया भएको छ ऐन, नियम अनुसार र अन्य सन्दर्भबाट व्यवस्थापन समितिका काम, कर्तव्य र अधिकार के हुन सबैलाई क्षमता विकास र उपलब्ध वातावरण सिर्जना गरि दिने ? विद्यालयका संचालनको आफ्नै कार्य विधिहरु तयार गरि कार्यान्वयन गर्ने ।

– व्यवस्थापन समितिका पदाधिकारीहरुको शैक्षिक, आर्थिक, सामाजिक पृष्ठभूमी कस्तो छ ? विव्यस पदाधिकारीहरुले विद्यालयको कार्य प्रक्रियालाई कसरी हेर्नु भएको छ, बुझ्नुभएको समय समयमा पुनताजगी गराउने ।

– विद्यालयमा भर्ना प्रक्रिया फारम तयारी भरायौँ ? के के विवरण सङ्कलन गयौँ ? बोलाउँदा विद्यालय आउनु होला भन्यौ ? केही शर्त राख्यौ ? सम्पर्क नम्बर लिएका छौँ ? सिकाइका विषयमा, परीक्षाका विषयमा जानकारी दियौँ ? विद्यालयका योजना सुनायौँ? विद्यालयका गतिविधिको जानकारी दियौँ ? भनेर विद्यालय प्रशासनले ख्याल गर्ने ।

– विद्यालयमा भर्ना प्रक्रिया फारम तयारी भरायौँ ? के के विवरण सङ्कलन गयौँ ? बोलाउँदा विद्यालय आउनु होला भन्यौ ? केही शर्त राख्यौ ? सम्पर्क नम्बर लिएका छौँ ? सिकाइका विषयमा, परीक्षाका विषयमा जानकारी दियौँ ? विद्यालयका योजना सुनायौँ? विद्यालयका गतिविधिको जानकारी दियौँ ? भनेर विद्यालय प्रशासनले ख्याल गर्ने ।

– हरेक महिना कक्षागत अभिभावक (विशेष गरि आमा अभिभावक) सत्र तथा कक्षा शिक्षकसँग बालबालिकाको सिकाईका बारेमा अन्तरक्रिया र त्रैमासिक नतिजा विश्लेषण गरि कमजोर सिकाई भएका बालबालिकाहरुको लागि गरि अतिरिक्त कक्षा संचालन र यस कार्यमा अभिभावकसँग प्रभावकरी छलफल गर्ने ।

– बालबालिकाहरुको वृद्धि, विकास र हुर्कनका लागि उचित र राम्रोसँग हेरचाह, स्याहार सुसार र अन्तरक्रिया गर्ने तरिका सिकाउनका लागि अभिभावकलाई दिइने शिक्षा नै अभिभावक शिक्षा हो भन्ने मान्यताका साथ बिद्यालय प्रशासनले कक्षा शिक्षक मार्फत स्थानीय स्तरमा रहेका सवालहरुमा केन्द्रित अभिभावक सत्र संञ्चालन गर्ने ।

– प्रभावकारी,संस्कायुक्त शिक्षाको ओदानको चिन खुट्टाको रुपमा बिद्यार्थी, शिक्षक र अभिाावकलाइ लिईन्छ तर बिद्यालयको गतिविधीहरुमा अभिभावकहरु उपस्थिति र सक्रिय सहभागीतमा पटक्कै ध्यान नपुगेको देखिन्छ । किनकी बिद्यालयहरुले बिद्यालयको कुनै पनि कार्यक्रमहरु राख्दा बोलाउने, सम्पर्क गर्ने पुराना परिपाटीबाट अझै मुक्त हुन सकेको देखिदैन । भन्नको लागि अभिभावक र बालबालिका तथा अभिभावक र कक्षा शिक्षकहरुको बिचमा नङ र मासुको सम्बन्ध हुन्छ भन्यौ के व्यवहारमा तेस्तो छ त पक्कै छैन ,छैन भने अभिभावक शिक्षा कसले कहिलेबाट शुरु गर्ने बिद्यालय प्रशासनले कार्य थालनी गरेर।

– बाल विकास कक्षा देखि प्रत्येक कक्षाका बालबालिकाहरुको अभिभावक शिक्षा मार्फत बिद्यालय परिवारले अभिभावकसँग गाढा सम्बन्ध स्थापित गरी दैनिक बालबालिकासँग अभिभावक अभियान कै रुपमा संचालन गर्नु जरुरी छ । यसका लागि स्थानीय सरकार ,बिद्यालय व्यवस्थापन समितिहरुले पनि बिशेष ध्यान दिएर ।

– बाल बालिकाको लालनपालन र हुर्काउनमा बाबु आमाको ठूलो हात छ र जिम्मेवारी पनि धेरै छ । बच्चा जन्माएर मात्र पुग्दैन । बच्चाको विकासको निम्ति खाना, स्वास्थ्य, सुरक्षा र उपचार बाहेक बच्चाको आधारभूत आवश्यकता समेत पूरा गर्नु पर्छ।

– बाबू आमाले आफ्नो बच्चालाई स्याहार गर्ने तरिका र हुर्काउने तरिका बारे थाहा पाउनुपर्छ । हरेक बालबालिकालाई आफ्नो, बाबुआमा र अन्य परिवारका सदस्यहरुबाट बाल्यकालमा नै नैतिक शिषा, शारीरिक, बौद्धिक, सामाजिक र भाषिक विकास गर्ने अवसर र विकास गर्ने अनुकुल वातावरण प्रदान गर्नुपर्छ । बाल विकास बारेमा राम्रो ज्ञान भएमा मात्र उनीहरुले बच्चाप्रति आफ्नो जिम्मेवारी राम्रोसँग बहन गर्न सक्छन् । त्यसैले बालबालिकाको राम्रो स्याहारसुसार र विकासको निम्ति अभिभावक शिक्षाको आवश्यकता प्रदान गरेर ।

– सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने के गर्ने कसले गर्ने अहिले कति आएका छन् वा कति आएका छैनन् ,किन आएनन् ,आउनेहरु किन आए , के गरे आउँलान ,के भने आउँलान ,के दिए आउँलान ,के नदिए आउँलान ,आए के हुन्छ , नआए के हुन्छ भनेर अभिभावकलाई बुझाउने र सुधारको लागि अगुवाई गर्ने वा जिम्बेवारी कसको होला रु यसमा सहज उत्तर पक्कै पनि विद्यालय नै त आउला तेसो भए सुधारको लागि अगुवाई गर्ने वा जिम्मेवारी लिनु पर्ने जति लिएका छौ त ? बिश्लेषण पश्चात कार्यहरु गरेर ।

  • अभिभावकले बिशेष ख्याल पर्ने कुराहरु :

– बच्चा राम्रो हुर्काउन बढाउन बच्चालाई माया ममता, प्रेम, राम्रो स्याहार सुसार, बच्चासँग कुराकानी र छलफल गर्नुपर्छ ।
– बच्चाको पहिलो पाठशाला घर हो । पहिाल गुरु आमा बुबा हुन् । बच्चाले जीवन सुरक्षा गर्ने, असल बानी निर्माण गर्ने काम गर्ने पहिला व्यक्ति नै आमा बुबा हुन्
– बच्चाको व्यवहार स्वभाव राम्रो निर्माण गर्ने काम आमाको हो ।
– बच्चालाई भविष्यमा सक्षम मानब वनाउन बच्चालाई उमेर अनुसार ज्ञान दिनु पर्छ र सिकाउनु पर्छ ।
– बच्चाको हरेक आधारभूत आवश्यकता पूरा गर्नु पर्छ ।
– बच्चालाई बाबु आमाले उत्प्रेरणा र प्रोत्साहन दिइरहनु पर्दछ ।
– बच्चालाई सोचाई, विचार, भावना, बोली वचनमा सक्षम बनाउन बच्चासँग खेल्ने, हाँस्ने, बच्चाको मनोभावना बुझ्ने र बचचासँग छलफल गर्ने गर्नु पर्दछ ।

  • निचोड :

हाम्रो परिप्रेक्ष्यमा गाउँघरमा बच्चा जन्मेपछि हुर्की त हाल्छन भनी छाड्छौं । हाम्रा अभिभावकहरुले बच्चाहरुलाई उचित स्याहारसुसार दिन एकातिर जान्दैनन् भने अर्कातिर भ्याउँदैनन् ।

उनीहरुमा बालबालिकाहरुको विकास हुने क्रम र तरिककको राम्रो ज्ञान हुँदैन। तर बाबु आमा वा अभिभावकले बालबालिका प्रति आ–आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्न बाल विकास बारेमा ज्ञानको आवश्यकता पर्दछ। त्यसैले बालबालिकाको राम्रो विकास गर्नको निम्ति अभिभावक शिक्षाको ठूलो महत्व छ ।

अभिभावक शिक्षा कार्यक्रममा आफ्नो परिवार र गाउँका साना साना बाल–बालिकाहरको विकास गर्ने तरिका सम्बन्धमा ज्ञान र सीप सिक्ने मौका पाइन्छ ।यसबाट आफ्नो बालबालिकाको विकासमा सहयोग पु¥याउने क्षमता बढाउन सकिन्छ।

लेखक अर्याल लामो समय देखि बालबालिकाको अधिकारको क्षेत्रमा क्रियासिल हुनुहुन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Oli Lekhak pakrau sambandhi Artical.jpg

    ओली-लेखक पक्राउ: न्यायको अभ्युदय कि,राजनीतिक प्रतिशोधको नयाँ अध्याय ?

  • suresh-aryal-dhd

    `प्रेमको पाण्डुलिपि´

  • kesab rupakheti

    वर्तमानको माग राजनीतिक दलभित्र रुपान्तरण कि पुस्तान्तरण ?

  • 2

    कम्पनीको साधारण सभा यस कारण आवश्यक

  • समाचार
  • १

    धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)
    ५ घण्टा अघि

  • २

    फेरि पहिलो स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङ
    १ दिन अघि

  • ३

    लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ
    २ दिन अघि

  • ४

    धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे
    २ दिन अघि

  • ५

    धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए
    २ दिन अघि

  • ६

    धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द
    २ दिन अघि

  • ७

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै
    ३ दिन अघि

  • ८

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ
    ४ दिन अघि

  • ९

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड
    ४ दिन अघि

  • १०

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution