यस वर्षको दसैँ झरीमै सकियो । मनसुन सकिएसँगै झरी र बादलले छोडेपछि भने मौसममा घमाइलो देखिएको छ । आकाश खुलेको छ । टाढाका हिमाल आँखै अगाडि आएका छन् ।
काठमाडौं उपत्यकाबाट दुई सय किलोमिटर पर भएको विश्वकै सर्वोच्च शिखर सगरमाथा देखिन थालेको छ । अन्य हिमश्रृंखलाको दृश्य पनि कम्ति मनमोहक छैनन् । शरद ऋतुको आगमनसँगै काठमाडौं उपत्यकाबाट देखिने विभिन्न हिमश्रृंखलाले उपत्यकामा बस्ने सर्वसाधारणदेखि विदेशी पर्यटकलाईसमेत लोभ्याएको छ ।
प्रदूषणका कारण हत्तपत्त उपत्यकावासीले पनि खुलेका आकाश र हिमाल देख्न पाउँदैनन् । उपत्यकामा प्रदूषणले नढाकेसम्म देखिने हिमालका दृश्य प्रदूषण बढेसँगै बिस्तारै विलिन हुँदै जान्छन् । केही दिनयता काठमाडौंको आकाश धुम्म हुँदै गइरहेको छ । भारतमा पराल पोलेको प्रदूषण काठमाडौंको आकाशमा अड्किँदा त्यति खुल्न सकेको छैन ।
तरपनि धुवाँकै बीचमा काठमाडौंको काँठ क्षेत्र घमाइलो देख्न सकिन्छ । काँठ क्षेत्र हिमालको काखमा लुकेको जस्तो देखिन्छ भने खेतमा पाकेको धानले झनै सुन्दरता थपेको छ । उदाउँदो सूर्यले झनै काँठ क्षेत्रको सुन्दरतालाई बढाएको छ । हरियो बोटबिरुवाले थप सुन्दरता थपेका छन् । उदाउँदो घामसँगै किसान खेतबारीमा काम गर्न मस्त देखिन्छन् । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका काठमाडौंको काँठ क्षेत्रका यी मनमोहक दृश्य ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |