

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ । आकर्षक पर्यटकीय गन्तव्य रहेको सो क्षेत्रमा भएको हिमपातले यहाँको दृश्य निकै मनमोहन बनेको छ । त्यहाँ पुगेर हिउँ खेल्न आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लागेको छ ।
चिसोको प्रवाह नगरी रारा जाने क्रम जारी छ । रारा वरपर दुई फिटसम्म हिउँ जमेको छ । यस वरिपरिका रुखर बिरुवाहरु हिउँले फुलेका छन्। रारा क्षेत्रवरपर जताततै सेताम्य देखिन्छ । भारी हिमपात भएपछि तालको छेउमा सेतो सिरक राखेजस्तै देखिन्छ । राराले खैरो, बैजनी र नीलो गरी दिनमै तीन पटकसम्म आफ्नो रुप बदल्दा सेतो हिउँले यसमा झनै आकर्षण थपेको छ ।
जाडो समयमा रारा हेर्न आएका आन्तरिक पर्यटक राम शाहले राराको यस सिजनको दृश्य भाग्यमानीलाई मात्र हेर्न अवसर जुर्ने प्रतिक्रिया दिनुभयो । मुर्मा टपसम्म पुगेर सेताम्मे रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यो मौसम रारा भ्रमणका लागि उपयुक्त हुने पर्यटकको भनाइ छ । रारा क्षेत्रफलका पाँच किलोमिटर लम्बाइ, करिब तीन किलोमिटर मिटर चौडाइ र १६७ मिटर गहिराइ रहेको छ ।
रारामा विश्वमा दुर्लभ असला जातका माछा, रानी ट्राउट भ्यागुतो र तीन सय प्रजातिका चरा पाइन्छन् । कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भालु, रतुवालगायत वन्यजन्तु अवलोकनका लागि रारा महत्वपूर्ण मानिँदै आएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |