धादिङ,२६ चैत्र ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुवी भ्यालीको विकास र प्रवर्दनमा ध्यान दिए आर्थिक अवस्थामा सुधार हुने बताउनुभएको छ ।
आइतबार नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीय स्थल रुवी भ्यालीको सेर्तुङमा आयोजित जनसभा तथा सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ओलीले रुवी भ्याली जस्तो पर्यटकीय क्षेत्रहरुको विकास र प्रवर्दनमा ध्यान दिन सके आर्थिक अवस्थामा सुधार हुने बताउनुभएको हो ।
उहाँले गठबन्धनका कारण देशको अर्थतन्त्र ध्वस्त भएको भन्दै यस्लाई एमालेले मात्रै सुधार्न सकिने बताउनुभयो । ओलीले एमालेको नेतृत्वमा सरकार रहँदासम्म आर्थिक विकास उल्लेख्य रुपमा भइरहेको अवस्थामा गठबन्धनको नेतृत्वमा सरकार बनेपछि देशको अर्थतन्त्र संटकग्रस्थ बनेको बताउनुभयो।
ओलीले ५० वर्ष अगाडि जेलमा रहँदा नै रुविभ्यालीको बारेमा सुनेको स्मरण गर्दै ओलिले पहिलो पटक रुवी भ्यालीमा पाइला टेकेको भएपनि रुवी भ्यालीमा पाइने पत्थरहरुको विशेषताको बारेमा व्याख्या गर्दै रुवी भ्यालीमा पाइने रुवि ढुंगा, सिलाजित लगायतका बहुमुल्य पत्थरहरु संकलन गरेर सुरक्षित राखिरहेको सुनाउनुभयो ।
उहाँले यस्ता बहुमुल्य पत्थरहरु र खनिज पदार्थ पाइने ठाउँको विकास गर्न सरकार मार्फत आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने पनि बताउनुभएको छ।
अध्यक्ष ओलीले धादिङबेसीदेखि रुवी भ्यालीसम्मको बाटोलाई डबल लेनसहित स्तरउन्नती गराउने कामलाई पहिलो प्राथमिकतामा राख्ने,रुवी भ्यालीको सबैभन्दा चर्चित पर्यटकीय स्थल पाङ्साङ् पाससम्म सडक संजाल पु¥याउन सकिने र आफु त्यस क्षेत्रको विकासमा निरन्तर लागिरहने बताउनुभयो।
साथै नेपाल र चिनसँग जोड्ने सिमा पनि रुवी भ्यालीमै पर्ने भएकोले रुवी भ्यालीको जनतालाई केरुङसम्म जाने, व्यवसाय संचालन गर्ने पासको व्यवस्था मिलाउन पहल गर्ने बताउनुभयो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्न हेलिकप्टर मार्फत पुग्नुभएका एमाले अध्यक्ष ओलीले रुवी भ्यालीको पर्यटकीय स्थलहरुको पनि अवलोकन गर्नुभएको थियो ।
कार्यक्रममा ओलीले तामाङ ड्रेस लगाएर मेन्धोमाया समेत नाच्नुभएको थियो भने लामा नाच,गुरुङको मारुनी नाच,घोडे नाच लगाएको विविध सास्कृतिक कार्यक्रम प्रदशन गरिएको थियो ।
ओलीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा एमाले पोलिट्ब्युरो सदस्य रामेश्वर फुयाल,बाग्मती प्रदेशका पुर्वअर्थमन्त्री कैलाश ढुङेल,एमाले केन्द्रिय सदस्य रुक नारायण श्रेष्ठ,खेम लोहनी,संविधान सभा सदस्य धन बहादुर घले,एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठी लगाएतको आतिथ्य रहेको थियो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |