

धादिङ,०३ भदौ।नेपालमा हालसम्म ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको छ।देशभर डेंगु संक्रमितको संख्या १६ हजार नाघेको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ।
शनिबारसम्मको तथ्यांक अनुसार गत १५ पुसदेखि हालसम्म १६ हजार २६७ जनालाई डेंगु संक्रमण पुष्टि भएको छ ।
यस अवधिमा संक्रमणबाट १२ जनाको ज्यान गएको छ। इडिसीडीको तथ्यांक अनुसारसबैभन्दा बढी संक्रमित सुनसरीमा ८ हजार ४५२, दोस्रोमा धादिङमा १ हजार ९३८, मोरङमा १ हजार ८७७ र झापामा ९२६ जनामा डेंगु संक्रमण भएको छ ।
महाशाखाका अनुसार कोशीमा १२ हजार २१, बागमतीमा २ हजार ६५१, गण्डकीमा ६१८ , सुदुरपश्चिम प्रदेशमा ४७९ जना संक्रमित भेटिएका छन् । त्यस्तै, लुम्बिनीमा ३१३, मधेशमा १४० र कणाली प्रदेशमा ३९ जनामा संक्रमण पुष्टि भएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |