

वैदेशिक रोजगारीको क्रममा १ बर्षमा १ हजार २०८ नेपालीको मृत्यु भएको छ ।
गत आर्थिक बर्ष २०७९/०८० मा रोजगारीका लागि श्रम स्वीकृति लिएर बिदेश गएका १२ सय ८ नेपालीको ज्यान गएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
ज्यान गुमाउनेमा ४५ जना महिला र ११ सय ६३ पुरुष रहेका छन् । यो तथ्याङ्क बोर्डले रोजगारीको सिलसिलामा श्रम अवधि भित्रै ज्यान गुमाएका श्रमिकको तथ्याङ्क हो ।
बोर्डले श्रम स्वीकृति लिएर गएका श्रमिकहरूको रोजगारीको सिलसिलामा श्रम अवधि भित्रै ज्यान गएमा परिवारलाई आर्थिक सहायता प्रदान गर्छ ।
कतिपय श्रमिकको यही अवधिमा ज्यान गएको भए पनि श्रम अवधि सकिएको भएमा बोर्डले आर्थिक सहायता प्रदान गर्दैन र त्यस्ता श्रमिकको मृत्युको तथ्याङ्क पनि राख्दैन ।
बोर्डले मृतक १२ सय आठ श्रमिकका परिवारलाई आर्थिक सहायता स्वरूप ६५ करोड ५१ लाख ८० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छन् ।
यस्तै, गएको वर्ष वैदेशिक रोजगारीको सिलसिलामा तीन सय ८९ जना श्रमिक अङ्गभङ्ग वा गम्भीर बिरामी भएर स्वदेश फर्किएका छन् । यसरी स्वदेश फर्किएका श्रमिकलाई बोर्डले जम्मा नौ करोड ९७ लाख आठ हजार रुपैयाँ आर्थिक सहायता दिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |