

काठमाण्डौको बुद्धनगरमा भैँसी समात्न प्रहरी खटिएका छन् ।पालिएको ठाउँबाट दाम्लोसहित भागेको एउटा भैँसी अलपत्र अवस्थामा बिहान बुद्धनगरमा भेटिएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।
भैँसी कहाँबाट आयो र कसले पालेको हो भन्ने खुलिसकेको छैन ।अरुलाई हान्न सक्ने जोखिम रहेकाले निगरानीमा राखिएको प्रहरीको भनाइ छ ।
भैँसी भागेर बुद्धनगरको ज्ञान निकेतन स्कुलको हाताभित्र छिरेको छ । भैँसीलाई त्यहीँबाट समात्न प्राविधिक टोलीलाई खबर गरिएको प्रहरीले जनाएको छ ।
यसअघि २०७५ साल फागुनमा काठमाण्डौको चन्द्रागिरि मच्छेगाउँमा राँगोको आक्रमणबाट एक जनाको ज्यानै गएको थियो ।मानिसको ज्यान लिएको राँगोलाई प्रहरीले गोली हानेर मारेको थियो ।-ujyalo





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |