

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्।
शुक्रवार काठमाण्डाैमा भएकाे निर्वाचनमा उमेश पियालाई पराजित पार्दै पारस अध्यक्ष निर्वाचित भएका हुन्।उनले २३ मत पाउँदा पियाले १४ मत पाए। १३ सदस्यीय कार्यसमितिमा पारससहित उनको टिमबाट १२ जना निर्वाचित भएका छन्।
सङ्घकाे उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र काेषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका छन् । यस्तै सदस्यहरूमा अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ, वसन्तराज सत्याल, र अनुपमान श्रेष्ठ विजयी भएका छन् । महिला सदस्यमा नीरा राजोपाध्याय निर्विरोध निर्वाचित भएकी छन् ।
प्रदेशकाे अध्यक्ष जितेका खड्काले अब नेपाल क्रिकेट सङ्घ (क्यान) काे एक प्रमुख पदमा प्रतिस्पर्धा गर्ने सम्भावना छ । पारस काठमाण्डाै जिल्लाको सदस्य बन्दै प्रदेशको चुनावमा प्रतिस्पर्धा गर्न प्रतिनिधि बनेका थिए । याेसँगै क्यान अन्तर्गतका सबै प्रदेशका चुनाव सकिएकाे छ । क्यानको केन्द्रीय समितिको चुनाव आउँदाे ५ र ६ गते हुँदैछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |